मन्दिरभित्र पस्नु अगाडी ‘घण्टी’ किन बजाईन्छ ?

धर्म / संस्कृत


मन्दिरमा पुजा गर्न जाँदा भित्र छिर्नु भन्दा पहिले जहिले पनि घण्टी बजाइन्छ । यो सामान्य प्रक्रिया हो तर यसको बैज्ञानि कारण समेत रहेको छ । घण्टी बजाउनुको पनि बिशेष अर्थ छ । ‘हिन्दु’हरूको मन्दिरमा अथवा क्रिश्चियनहरूको चर्चमा राखिने घण्टी कुनै साधारण धातुबाट बनेको हुँदैन।

घण्टी बनाउँदा धेरै किसिमका धातुहरूलाई सही मात्रामा मिश्रण गरेर मात्रै बनाइन्छ। क्याडमियम, लिड, कपर, जिङ्क, निकेल, क्रोमियम र म्याङ्गानिजलाई सहि अनुपातमा राखेर सम्मिश्रण बनाइन्छ र उक्त मिश्रणधातुबाटै घण्टीको निर्माण गरिन्छ।

घण्टी बनाउँदा यस्तो किसिमले बनाएको हुन्छ कि त्यो बज्दा भिन्न किसिमको ध्वनीको कम्पन निस्कन्छ, जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकता ल्याउँदछ र हाम्रो दायाँ(बायाँ दुवै दिमागलाई सन्तुलन ल्याउँदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *