इटाली अन्तिम १६ मा प्रबेश गर्ने पहिलो टिम, लगातार उत्कृष्ट प्रदर्शन ।

Rochak

इटाली अन्तिम १६ मा प्रबेश गर्ने पहिलो टिम, लगातार उत्कृष्ट प्रदर्शन ।
सेयर
गएराति भएको आफ्नो दोस्रो खेलमा पनि ३:० को उत्कृष्ट नतिजा निकाल्दै इटाली यूरोकप २०२० को अन्तिम १६ मा छनोट हुने पहिलो टिम बनेको छ। इटालीले स्विदरल्यान्ड लाई ३:० ले हराएको हो।इटालीको लागी लोकेटेल्लि ले खेलको २६,५२ तथा इममोबिले ८९ मिनेटमा गोल गरे।अगिल्लो खेलमा पनि इटालीले टर्कीलाई ३:० ले हराएको थियो।दुई स्पस्ट जितसहित ६ अङ्कका साथ समूह ए बाट इटाली अन्तिम १६ मा प्रबेश गरेको हो। समूह बिजेताको टुङ्गो भने अन्तिम खेलबाट लाग्ने छ।

वेल्स ले पनि आफ्नो दोस्रो खेल टर्की लाई २:० ले जित्दै ४ अङ्क जोड्न सफल भएको छ र उ पनि अन्तिम १६ नजिक छ। यसै समूहमा स्विजरल्यान्ड १ अङ्कका साथ तेस्रो र टर्की अङ्क बिहिन रहदै पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *