मेलम्चीमा होटलको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट यसरी उद्धार गरियो (भिडियो)

प्रमुख समाचार


सिन्धुपाल्चोकको मेलम्ची बजारमा होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चारैतिर बाढीले घेरेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुले होटलको छलमा पुगेर गुहार मागेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हेलम्बु र मेलम्चीमा आएको बाढीले घर, सडक तथा पुल बगाएको छ ।

गएराति नदीमा बाढी आएको बेला हराएका सात जना मध्ये एक पुरुषको शव भेटिएको र उनको पहिचान खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । यस्तै हेलम्बुमा रहेको प्रहरी चौकी पनि बगाएको छ ।

मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका झण्डै ५० घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । मेलम्चीमा रहेको बसपार्क आसपास रहेका होटल तथा पसलहरु सबै बगाइसकेको छ । मेलम्ची खोलामा बाढी आउन थालेपछि बजारबासीहरु गएराती नै सुरक्षित ठाउँमा गएका थिए ।

घरमा फसेका केही व्यक्तिलाई पनि नेपाली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लगिसकेको छ । मेलम्ची खोलामा बगिरहेको लेदो थुप्रिएर बजार थप जोखिममा परिरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *