अब सार्वजनिक यातायात खुल्ने, सरकारले थाल्यो यस्तो तयारी !

समाचार

अब सार्वजनिक यातायात खुल्ने, सरकारले थाल्यो यस्तो तयारी ! काठमाडौं । को-रोनाले देशका सम्पुर्ण यातायात छेत्रलाई तहस नहस पारिरहेको बेलामा सरकारले दुई जनासम्म यात्रु राखेर काठमाडौ उपत्यकामा ट्याक्सी सन्चालन गर्न दिने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिनेमा सकरात्मक देखिएको हो । तर, निर्णय भने भैसकेको छैन । यसबारे छलफल गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई जिम्मा दिइएको एक मन्त्रीले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा चल्ने २० हजार ट्याक्सीहरु लकडाउनको मारमा परेको ट्याक्सी व्यवसायीहरुको भनाई छ । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने ११ हजार ट्याक्सी चालक र तीनमा आश्रीत झण्डै ८० हजार परिवारका सदस्य लकडानको मारमा परेको दावी उनीहरुको छ ।ट्याक्सी चलाउन नपाउँदा र बचत नहुँदा ऋणमा जाने चिन्ता बढेको चालकहरु बताउँछन् । सरकारबाट ब्याज छुट हुने आशा गरेका उनीहरुले सरकारसंग जसरी पनि ट्याक्सी चलाउन दिनु पर्नेे माग गरेका थिए ।काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

चरिकोट अस्पताललाई ‘पशुपति चौलागाईं स्मृति अस्पताल’ नामकरण गरिने
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले केही समय कोभिड संक्रमणबाट ज्यान गुमाएका प्रदेशसभा सदस्य चौलागाईंकाे स्मृतिमा अस्पतालको नामकरण गरिने बताए।दोलखा घर भएका चौलागाईं एमालेका युवा नेताका रुपमा पनि परिचित थिए। प्रदेश सरकारले उनकाे स्मृतिमा अस्पतालको नामकरण गर्दै अस्पताललाई सेवा सुविधासम्पन्न आवश्यक बजेट व्यवस्था गरेको जनाएको छ।यसबाहेक सरकारले उक्त अस्पताललाई प्रदेश अस्पतालका रुपमा स्तरोन्नति गरिने समेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *