‘म’र्न भनेर एकदिन मे’टा सिट खान आँटेकी थिएँ-गर्भमा टुहुरो भएको बच्चाको लागि पनि बाँच्ने हिम्मत गरेँ’

Rochak

दिला शाह । आमाको अँगालो कोमलता र मातृत्वले भरिपुर्ण हुन्छ । त्यसैले त बच्चाहरु आमाको काखमा निर्धक्कसँग निदाउँछन् । तर, तिनै सन्तान ठूलो भएपछि आमालाई लत्याउँछन् । रुवाउँछन् र चटक्कै बिर्सन्छन् ।

पन्ध्र बर्षमा बुवाले मेरो विवाह गरिदिनु भयो । विवाहपछि माइतीघर पराइ भयो । त्यसै पनि मेरी आफ्नी आमा हुनुहुन्थेन । कान्छी आमा भएको घर मेरो लागि सधैं बिरानो जस्तो थियो । गाडीमा खलासी गर्ने पुर्व खोटाङको केटाको पछाडि लगाएर बुवाले मलाई पठाउनु भयो । बुवाले जहाँ जोसँग पठाउनु भयो, त्यहीँ कर्म घर सम्झेर बस्नुपर्यो । खलासी श्रीमान कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण घुमिरहन्थे ।

खोटाङको गाउँमा एउटा सानो घर थियो । त्यही घरमा लगेर छोडे । बुढा भएका सासुससुरा हुनुहुन्थ्यो । उहाँहरुको सेवा गरेर बस्नु मेरो काम भयो । त्यही कुरा सजिलो होस् भनेर विवाह गरेर लगेका रहेछन् । मभन्दा बाह्र बर्ष जेठा श्रीमान, उनलाई घुम्न फिर्न रमाउन धेरै रहर थियो । ‘मलाई एक्लै छोडेर गाडीमा नहिँँड, सँगसँगै बसेर केही गरौं’ भन्दा पनि उनलाई कहिल्यै लागेन ।

एक बर्षपछि पेटमा बच्चा आयो । कलिलो उमेरमा गर्भवती हुँदा मन आत्तिएको थियो । श्रीमानलाई यति कुरा सुनाएर बिन्ती गरेँ, ‘अब बाहिर नजाऊ, यतै बसेर सँगै केही गरौंला ।’ ‘अब एक पटक मात्रै गएर हिसाबकिताब गरेर आउँछु अनि जान्न’ भनेर हिँडेका श्रीमान कहिल्यै फर्केनन् । धेरै समयपछि खबर आयो गाडी प ल्टिँ दा उनको मृत्यु भएछ । खबरले स्तब्ध बनायो । सारा संसार अध्यारो भयो । म कसरी बाँचे ? म आफैलाई थाहा छैन । तर, बाँचे ।

बुढी सासुआमाले ढाडस दिनुभयो । पेटको बच्चाको लागि पनि बाँच्नु थियो । गर्भमा टुहुरो भएको बच्चाको लागि पनि बाँच्ने हिम्मत गरेँ । नौ महिनापछि छोरा जन्मियो । सासुससुरा खुसी हुनुभयो । म भने रोइरहेँ । एक्लो जीवन भएको भए त जहाँ जतासुकै गए पनि जसरी पनि बाँच्न सक्थे । अब यो बच्चालाई कसरी पालनपोषण गरुँ ? यस्तै प्रश्नचिह्न मनमा उठिरहे तर पनि त्यो सानो नाबालक सन्तानको लागि पनि मैले संघर्ष गर्नुपर्ने थियो । मुटुमाथि ढु ङ्गा राखेर पनि निशब्द बाँचिरहेँ ।

अरुको मेलापात नगरे खान पुग्दैनथ्यो । काम गर्ने एक्लो शरीर थियो । बुढा सासुससुरा केही गर्न नसक्ने । छोराको अनुहार हेरेर जस्तोसुकै दुःखपिडा पनि भुलेर बाँचिरहें । भोलिको सहारा छोरा सम्झेर उज्याला दिनहरुको आशा गरिरहे । सासु ससुरा दुई बर्षको अन्तरमा यो धर्ती छोडेर जानुभयो । धेरै बच्चा खेर गएर बुढेसकालमा बाँचेको सन्तान, एउटा मात्रै छोरा पहिला बित्दा खेरि कुन बुवा आमाको मन भावविह्वल हुँदैन र रु त्यही पि डा ले पनि होला, उहाँहरू चाँडै बित्नुभयो ।

त्यसपछि झनै समस्या पर्दै गयो । छोरालाई पाल्न पढाउन के के गरिन ? धेरै ठाउँ भारी बोकेर ज्याला मजदुरी गरेर छोरालाई पढाएँ । लेखाएँ । सक्षम बनाएँ । आशा र भरोसा त्यही थियो, ऊ बुढेसकालमा सहारा बन्नेछ । छोराको मुख हेरेर नै सारा जिन्दगी बिताउँछु ।

भर्खरको कलकलाउँदो उमेर पनि त्यसै खेर फालेँ । छोरा छब्बीस बर्षको भयो । राम्रो बैंकमा नाम निकालेर जागिर खाने भयो । विवाह पनि गर्यो रे । नातिनी पनि छ रे । तर ऊ आउँदैन । काठमाडौंमा बस्छ । म उसैको पिरले गर्दा रोगी भएँ । पिसाब बन्द हुने र मु र्छा पर्ने हुनथाल्यो । धेरै समयसम्म त्यस्तै हालत भइरह्यो ।

शरीर अशक्त भएपछि त बाँच्ने रहर पनि हराउँदै जाने रहेछ । म र्न भनेर एकदिन मे टा सिट खान आँटेको थिएँ । एकजना गाउँका दाइले देख्नुभयो । म र्न दिनुभएन । मलाई आफ्नो गाडीमा राखेर उपचार गराउन लैजानुभयो । बयालीस बर्षकी म साठी बर्षकी जस्ती बुढी देखिन्थेँ । डाक्टरले उपचार गरेपछि शरीर अलि सन्चो भयो ।

दाइले केही लगानी गरेर नौबिसेमा सानो कटेरो बनाएर चिया नास्ता बनाउने पसल खोलिदिनुभयो । चिया नास्ता बनाउने मेरो कटेरो बिस्तारै बढ्दै गयो । आउने जाने मान्छेहरु गाडीबाट ओर्लेर चिया खाएर जान्थे । पछि बिस्तारै सेल रोटी, खीर अचार र अन्य नास्ता बनाउन थालेँ ।

नौबिसेमा फुलमती (नाम परिवर्तन) दिदी भनेपछि नचिन्ने कोही पनि छैन । सात जना काम गर्ने दिदीबहिनीहरु हिजोआज होटेलमा काम गर्छन् । काममा ब्यस्त भएपछि चिन्ता कम भयो । चिन्ता नै नभएपछि रोगहरुबाट छुटकारा मिल्यो । म अहिले थुप्रै दिदीबहिनीहरुको सहारा बनेको छु । निष्ठुरी सन्तानलाई सम्झिँदा मन अमिलो भएर आउँछ ।

बाटोमा हिँड्नेहरुले धेरै पटक मधुसूदन सरको आमा हुनुहुन्छ भनेर नमस्कार गर्छन् । मान सम्मान गर्छन् । कस्तो निष्ठुरी छोरा रैछ भनेर कतिपयले कुरा गर्न खोज्छन् । तर म अनुरोध गर्छु, भयो, खाटा बसेको घा उ लाई नको ट्या ऊ । अब म सबै कुरा भुलेर बाँच्न चाहन्छु । (दिला शाहको सत्यघटनामा आधारीत यो कथा हामीले नेपालनाम्चावाट साभार गरेका हौं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *