मेलम्चीमा ७ जनाको मृत्यु पुष्टि : घरको छतमा फसेकाहरु गुहार माग्दै-सेनाको टोली उद्धारको लागि जाँदै

प्रमुख समाचार

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले ७ जनाको मृत्यु पुष्टि भएको छ । वजार पुरै वगरमा परिणत भएको छ । केही घरहरुको छतमा बसेका स्थानियले सहयोगको गुहार मागेका छन् ।घरको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले उद्दार प्रयास गरेको छ । मेलम्ची बजारको भवनको छतमा ४ जना स्थानिय फसेको र उनीहरुले उद्दारको गुहार लगाएकाले उनीहरुलाई उद्धारको प्रयास भइरहेको सेनाले जनाएको छ ।

उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ‘टाढाबाट हेर्दा घरको छतमा चार जना देखिएको उनले बताएका छन् । राससका स्थानिय पत्रकारले पनि स्टटास मार्फत उनीहरुलाई उद्दारका लागि गुहार मागेका थिए ।

पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । मंगलवार राती देखि नै समस्या आएको भएपनि विद्युत आपुर्ती बन्द भएका कारण उद्दार हुन सकेको थिएन । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *