सुदिता र मेलिनाका लागि किरणले लेखे यस्तो स्टाटस

भिडियो

भ्वाईस अफ नेपालबाट बाहिरिए संगै एकाएक चर्चामा आएकी प्रतिस्पर्धी हुन् मेलिना मैनाली । यतिबेला कोच प्रमोदले उनलाई नलिगेको भन्दै सामाजिक सन्जालमा बिबाद नै चलेको छ । यति सम्मकि निकै चर्चित रहेका भ्वाईसका अर्का प्रतिस्पर्धी समेत केही छायामा परेका छन् ।

तर किरणका फ्यानहरु पनि उत्तिकै रहेका छन् । जसले उनलाई बधाई दिरहेका छन् । सामाजिक सन्जालमा फैलिएको यो कन्ट्रोभर्सी बिच किरणले आफुले गीत गाएको गीत, नेपाल र नेपालप्रतिको आफ्नो माया, आफ्ना कोच र आफ्ना प्रतिस्पर्धी सबैलाई समेटेर स्टाटस लेखेका छन् । हेर्नुस् किरण गजमेरले लेखेका स्टाटस जस्ताको तस्तै :

नमस्ते सम्पूर्णमा..
आशा छ हजुरहरु आराम हुनुहुनछ होला..!
स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य ज्यू, संगीत शिखर पुरूष, एऊटा सीङगो यूग बोकेको आवाज, नेपाली संगितिक आकाशका पर्यायवाची नाम! प्रत्येक नेपालीहरुले मलाई लाग्छ हरेक बिहान अनी हरेक साँझ यो नामलाई सम्झी रहेका हुनछन! यानिकी हरेक नेपाली संगीत पारखीहरूको बिहान उहाँकै गीतबाट हुनछ भने रात पनी ऊहि स्वरको साथमा ढल्ने गर्दछ!

मलाई याद भए अनुसार, मैले होस सम्हाले देखी नै आदरणीय स्वर सम्राठ नारायण गोपाल ज्यू लगायत नेपाली संगितिक आकाशका अन्य सम्पूर्ण दिग्गज कलाकार ज्यूहरु, अदृश्य रुपम सम्पूर्ण मेरा आदरणीय गुरूज्यूहरूलाई सुन्दै, गाउनलाई प्रयास गर्दै हुर्किएको हुँ म! मेरो संगीतको यात्रामा आज सम्म जे-जती गाउन कोसिस गर्छु, संगीतलाई जती माया गर्छु र नजिक बाट चिन्ने कोसिसमा छु, त्यो सबै उहाहरुकै प्रभाव, अदृश्यरूपमा उहाँहरूकै आशीर्वाद नै हो जस्तो लाग्छ मलाई!

‘शायद मैले मेरी आमाको गर्भमै हुदा सुनेको हुनु पर्छ ती नेपाली पन, नेपाली स्वभाव, नेपाली माटोको सुगंध बोकेको सम्पूर्ण आदरणीय दिग्गज आवाजहरुलाई, त्यसैले आज बिगत 12 वर्ष देखीको बिदेशी जीवन ब्यतित गर्दैगर्दा पनी नेपाली भाषा, कला, साहित्य, संगीत, पहिचान, माटोको माया प्राण भन्दा प्यारो लाग्छ मलाई!’ तेसैको उदाहरण आज भूटान देखी अमेरिका हुदै अहिले नेपाली संगीतकै मायाले The Voice of Nepal को journey मा संघर्ष गर्दैछु! जुन संघर्ष प्रतिस्पर्धा मात्र सीमित नभएर नेपाली पहिचान, कला, संस्कृति, संगीत र नेपाली भूमि, नेपाली माटोको माया हो!

हुन त उहाँ हरूको गीतलाई मैले गाउन खोज्नु वास्तबमै सूर्यको अघि एऊटा दीयो बाल्नु जस्तो मात्र हो! तर एऊटा सपना थियो The Voice of Nepal को यति ठुलो platform मा आइसकेपछि मैले सम्मान गर्ने, अध्यान गर्ने, सुन्ने, सिख्ने, वहाँको पदपथ लाई पछ्यऊन खोज्ने म, आदरणीय स्वर सम्राठ गुरूज्यू प्रति उहाँकै एऊटा गीत गाएर सम्मान ब्यक्त गरौं! त्यसमा पनी अहिले पछिल्लो समयमा लोप हुदै गईरहेको तालहरु: रूपक ताल, झप ताल, दाद्रा ताल, बिलम्बित ताल, अन्य धेरै मध्धे कुनै एउटा तालमा प्रस्तुति गर्न मेरो भित्री चाहना थियो!

फल स्वरूप मेरा आदरणीय Coach Pramod Kharel Sir अनी हाम्रो Team Pramod का आदरणीय Advisor Bhanu Bhakta Dhakal Sir हरुले मलाई यो कालजयी गीत गाउनलाई अनूरोध गर्नु भयो! बास्तबमै यो गीत ताल, Chord Progession, अनी यस गीतमा चलेका notes हरूको हिसाबले एकदमै कठिन, सुन्न सजीलो तर गाउनलाई अत्तिनै गार्हो र चुनौतिपूर्ण छ!

सुरूमा गीत पाएपछि एकदमै Nervous अनी डराएको म पछि Sir हरूको अनूरोधलाई स-सम्मान स्वीकारदै मैले एकदमै मेहेनत गरेर प्रस्तुति दिने प्रण गरें! मैले जती गाउन सकें, मेरो गलाबाट जती निसकियो यसको स्रेय सबै मेरा आदरणीय Coach Pramod Sir, आदरणीय Bhanu Sir अनी मेरो आदरणीय गरूज्यू Karañ Râj Karkï ज्यूलाई दिन चहानछु! उहाँहरूकै कोचिंग, महीनत, मेरो परिश्रम र भगवान अनी यहाँहरूको आशीर्वादले मैले ईमानदार पुर्बक प्रस्तुति दिने चेस्टा गर्नसक्ने भएँ!

हिजको प्रस्तुती मेरो विसुद्ध रूपमा मेरो बाल्यकाल देखिको अनुभव, सपना र आदरणीय स्वर सम्राट नारायण गोपाल ज्यू प्रति स-सम्मान समर्पित गर्दै वहाँ प्रति हार्दिक स्रद्धा सुमन चडाउने प्रयास रहेको थियो! थाहा छैन मैले कस्तो गाउन सकें, र आशा छ तपाईहरुले मेरो प्रयासलाई स्वीकारीदिनु भयो होला! मलाई Knockout Round बाट Live Round को लागी योग्य ठानेर Select गर्नु भएकोमा आदरणीय Pramod Sir अनी आदरणीय भानु Sir लाई धेरै-धेरै धन्यबाद दिन चहानछु!

साथै अन्य सम्पूर्ण कोच हरु आदरणीय महागुरू Coach Deep, आदरणीय Coach Raju, आदरणीय Coach Trishna ज्यूहरुलाई हार्दिक धन्यबाद अनी नमन गर्न चहानछु! र म संग Knockout मा प्रतिस्पर्धामा प्रस्तुति दिनुहुने प्रिय मित्रहरु Sudita Rai ji र Melina Mainali Ji लाई पनी आगामी संगितिक भविष्यकोलागी सुभकामना दिन चहानछु! हजुरहरुलाई मेरो Knockout Round को प्रस्तुति कस्तो लाग्यो, सुनेर/हेरेर प्रतिक्रिया दिनुस है! धन्यवाद…यहाँहरूको समय शुभ रहोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *