एलिना चौहान र हेमन्त शर्मा को नयाँ गीत सार्वजनिक(भिडियो)

भिडियो

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । यो गीतमा हेमन्तकै शब्द तथा संगीत छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ ।

यो गीतको भिडियोमा गायक हेमन्त शर्मा र गायिका एलिना चौहानले मोडलिङ गरेका छन् । गीतले प्रेममा ब्रेकअप भैसकेपछि प्रेमी र प्रेमिकाले एक अर्काको संझनामा व्यक्त गरेका भावहरुलाई उतारिएको छ ।

यो पनि समाचार: नेपाली सांगीतिक बजारमा दिनहुँ जसो नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रममा“सेतो बस्त्र”बोलको नयाँ गीततको म्युजिक भिडियो ” एस थ्री के म्युजिक ” युट्युब मार्फत सार्वजनिक भएको छ। एस थ्री के इन्टरटेनमेन्ट को प्रस्तुति रहेको “सेतो बस्त्र” मा बिष्णु माझि,तेजश रेग्मी र सुरेश रमण अधिकारीको स्वर रहेको छ । तेजश रेग्मीको शब्द सृजना तथा संगीत रहेको छ ।

उक्त गीततको म्युजिक भिडियोमा सतिश अधिकारि,सुजन बाबु गुरुङ र फरिता खड्का लगायतको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुँवरले गरेका हुन् भने छायाकंन स्वयम्भु चालिसेले गरेका हुन् ! म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *