संक्रमणकै कारण अस्ताए अर्का वरिष्ठ विशेषज्ञ डाक्टर , स्वास्थ्य क्षेत्रमा भयो ठुलो क्षति, शिक्षण अस्पतालमा उपचारका क्रममा निधन

समाचार


काठमाडौं- वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए।

उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए। डा रावतलाई जेठ दोस्रो साता अस्पतालमा भर्ना गरिएको थियो।

उनी शिक्षण अस्पतालका अब्बल फिजिसियन मानिन्छन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा जगदीशचन्द्र अग्रवालले उनी कुशल र इमान्दार चिकित्सक भएको बताए।

उनले भने,‘हामीले मेडिसिन विभागमा सँगै काम गरेका थियौँ। उहाँ हामीभन्दा पनि सिनियर फिजिसियन हुनुहुथ्यो। आफ्नो समयको नाम लिइने इमान्दार र डेडिकेटेट फिजियसनमा हुनुहुन्थ्यो।‘ उनमा संक्रमण देखिएपछि सिबियर निमोनिया भएको बताइएको छ । संक्रमण भएपछि रावत जेठ दोस्रो साता अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *