दुई दिनदेखि अविरल वर्षाको कारण घर भत्किँदा गुल्मीमा एक जना घाइते

समाचार

दुई दिनेदेखिको अविरल वर्षाका कारण इस्मा गाउँपालिकामा दुई घर भत्किएको छ । गाउँपालिका –५ मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको बस्दै आएको घर भत्किएको हो । मैदानस्थित परियारको घर भ त्किँ दा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वको टोली त्यस स्थानमा उद्धार गर्न पुगेको पाण्डेले बताए । त्यस्तै उजुङ्गका पछाईको घर पनि माथिबाट पहिरो सहित खसेको ठुलो ढुं गा ले ला गेर पूर्णरुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । त्यस्तै, इस्मा १ उजुङका छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भ त्कि एको छ। अत्यधिक वर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अ व रू द्ध भएका छन्।

यता जिल्लाका नदी तथा खाेलाहरूमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी आसपासका बस्तीका बासिन्दाहरूले सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, जिल्लाकाे रिडी रुद्रवेणी खण्ड, तम्घास वामी हुँदै बुर्तिवाङ सडक, रिडी तम्घास सडक, खर्जाङ रिडी सडक, चाेरकाटे शान्तिपुर लगायतका अधिकांश सडकमा पहिराे खसेपछि अ व रू द्ध भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *