अमेरिकाको ग्रीनकार्ड कुरेर बसेका ४ लाख आप्रवासी निराश, नेपालबाट गएका समेत वञ्चित

समाचार

अमेरिकाको सर्वोच्च अदालतले सोमवार चार लाख आप्रवासीलाई ग्रीन कार्ड दिन नमिल्ने बताएको छ ।टेम्पोररी प्रोटेक्टेड स्टेटस पाएका तर अमेरिकामा अवैध रूपमा आएका व्यक्ति ग्रीन कार्डका लागि योग्य नहुने उदारवादी एलाना कागानले बताइन् । टेम्पोररी प्रोटेक्टेड स्टेटस पाउनेबित्तिकै अमेरिकामा सधैं बस्ने टिकट नभएको उनले बताइन् ।

मानवीय आधारमा अमेरिकामा बस्न अनुमति पाएका तर अवैध रूपमा प्रवेश गरेका आप्रवासीलाई ग्रीन कार्ड नदिने विषयमा सर्वोच्च अदालतमा सबै न्यायाधीशको एउटै राय रह्यो ।नेपालबाट पनि भूकम्पपछि टेम्पोररी प्रोटेक्टेड स्टेटसको दाबी गर्दै अवैध रूपमा अमेरिकामा बस्ने धेरै मानिस छन् ।

ट्रम्प प्रशासन आप्रवासीहरूप्रति अत्यन्तै अनुदार रहेकोमा बाइडन प्रशासनले त्यस नीतिलाई उल्ट्याउन खोजेको भए पनि सर्र्वोच्च अदालतले कस्ता मानिसलाई ग्रीन कार्ड दिने भन्ने क्राइटेरिया तोकिदिएको छ ।एल साल्भाडोरको एक विवाहित जोडीले गरेको दिएको पुनरावेदनमा सुनुवाइ गर्दै न्यायाधीशहरूले तल्लो अदालतको फैसलालाई सदर गरेका हुन् ।

त्यो जोडी अवैध रूपमा अमेरिका आएर टेम्पोररी प्रोटेक्टेड स्टेटस लिएर बसिरहेको थियो ।वर्षौंदेखि अमेरिकामा बसिरहेका चार लाख आप्रवासीलाई यसले असर पार्नेछ ।अवैध रूपमा अमेरिका छिर्नेहरूप्रति बाइडन पनि कठोर बन्न खोज्दैछन् र आप्रवासी अधिकारवादीहरू तथा डेमोक्रेट पार्टीका नेताहरूसँग उनको विमति छ । –लोकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *