अत्यधिक र क्त स्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार

समाचार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक र क्त स्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

अत्यधिक रक्तस्राव भएपछि उहाँको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । अत्यधिक र क्त स्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको हो ।

सुत्केरीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको थापाथली प्रसूति गृहमा सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिनुभयो । फाईल फोटो

यो पनि , नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त
भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *