“निषेधाज्ञाको बेला पहिलो” पटक यति धेरैले ह्वात्तै बढ्याे सुनको भाउ , तोलाको कति पुग्यो ?

Rochak

आज शुक्रबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस् , एउटा सिक्काको मूल्य कति पर्ला ? सामान्यतया सिक्काको मूल्य त्यही सिक्कामै लेखिएको हुन्छ । अमेरिकामा यस्तै एउटा सिक्का अहिले चर्चामा छ । यो सिक्का २० डलरको सिक्का हो अर्थात यसमा लेखिएको मूल्य २० डलर अर्थात २ हजार ३ सय रुपैयाँ मात्रै हो । तर, त्यो सिक्का १८.९ मिलियन डलर अर्थात २ अर्ब २० करोड रुपैयाँमा बिक्री भएको छ । हेर्दा सामान्य देखिले यो सिक्काको लिलामी भएको थियो जसमा यो सिक्का यति महंगो मूल्यमा बिक्री भएको हो । सोही लिलामीमा एउटा अत्यन्तै दुर्लभ हुलाक टिकट पनि ८.३ मिलियन डलरमा बिक्री भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मंगलबार न्यूयोर्कमा भएको लिलामीमा सन् १९३३ को यो डबल इगल सुनको सिक्काको लिलामी भयो । यो सिक्काको लिलामीले सबै रेकर्ड तोडेको छ । कानुनी रुपमा डबल इगलको यो सिक्का निजी हातमा थियो । सोथबे अक्सनमा लिलामी बिक्री भएको यो सिक्का १० देखि १५ मिलियनसम्ममा बिक्री हुन सक्ने अनुमान गरिएको थियो तर यसको बिक्री मूल्यले सबै रेकर्ड तोडिदियो ।

२० डलरको यो डबल इगल सिक्काको एकपट्टि उडिरहेको चीलको डिजाइन छ । अर्कोतिर अघि बढिरहेको लिबर्टीको डिजाइन छ । यो सिक्का जुत्ता डिजाइनर तला संकलक स्टुआर्ट विट्जम्यानले बेचेका हुन् । विशेषज्ञका अनुसार अमेरिकामा प्रयोजनमा आएको अन्तिम सुनको सिक्का भएको कारण यसको मूल्य यति धेरै बढेको हो । विट्जम्यानले नै सोही लिलामीमा ब्रिटिस गुयाना वन सेन्ट म्याजेन्टा हुलाक टिकटलाई ८.३ मिलियन डलरमा बेचे । यो इतिहासकै सबैभन्दा मूल्यवान हुलाक टिकट बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *