पूर्व युवराज पारसकी छोरी पूर्णिका भन्छिन्, ‘मेरो बुवाले देशको लागि धेरै गर्नुभएको छ’ (भिडियो हेर्नुहोस्)

Rochak

नेपालमा राजसंस्था गएको दशक बढि भै सक्यो तर अहिले पनि राजसंस्थाको चर्चा हुने गर्छ । पूर्व राजा ज्ञानेन्द्र शाह देशवासीका नाममा बेला बेलामा सन्देश दिइरहन्छन् । पूर्व युवराज पारस शाह अहिले धेरै समय पोखरामा छन् ।

पारसका छोरा हालै हाइस्कुल ग्राजुएट भए । उनले दिएको प्रवचन पनि चर्चित भएको थियो । हृदयेन्द्रका दिदीहरु अहिले थाइल्याण्डको बैंककमा पढाई गरिरहेका छन् । उनीहरुको दैनिक कस्तो होला भनेर आम चासो हुनु स्वभाविककै हो ।

यसै क्रममा पूर्णिकाको एक भिडियो क्लिप चर्चामा छ । उनी लाइभ आएको उक्त भिडियोमा जि ब्रो ल र्ब रा उ दै बोलेकी पूर्णिकाले आफ्नो बुवा पारसका बारे धारणा राखेकी छन् । ‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि’, कम नेपाली बढी अंग्रेजी भाषामा बोलेकी उनले भनेकी छन्, ‘मेरो बुवा निश्चल हुनुहुन्छ ।’

पूर्णिकाले बुवाले राम्रो काममात्र नभई सबै कुरा खुलस्त देखाउने उल्लेख गरेकी छन् । ‘मेरो बुबाले राम्रो कुरामात्र नदेखाई सबै कुरा देखाउनुहुन्छ,’ उनले भनेकी छन् । उनले उक्त भिडियो हटाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *