दमकमा रेडियोलोजी पढिरहेकी सेजला कोइरालाको रहस्यमय मृत्यु, परिवारले उठाए यस्ता गम्भीर प्रश्न

समाचार

झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ । साथै प्रहरीले मृत्युको कारणबारे अनुसन्धान भै रहेको जनाएको छ ।

सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बे-होस अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

उनलाई तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको सेजलाका साथीहरुले बताएका छन् । घटनालगत्तै सेजलाका अभिभावक इलामबाट दमक पुगेका थिए ।

सेजलाको मृत्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा आफन्तले जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *