निषेधाज्ञामा अटेरी गर्दै हुँइकिदै आएको टिपरले तिब्र गतिको कारलाई ठक्कर दिँदा प्रकाशको घटनास्थलमै गयो ज्यान

समाचार

काठमाडौ । गजुरी गाउँपालिका–६, जहरेखेतमा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरेखेतमा टिप्पर र कार एकाापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका–१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

गजुरीबाट काठमाडौँतर्फ जादै गरेको बा ४ च २७९ नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ७३९३ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ ।

Last Updated on: June 10th, 2021 at 8:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई sanikayastha261[a]gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *