काठमाडौंमा खोप कार्यक्रम स्थगित

प्रमुख समाचार

I
काठमाडौंमा खोप कार्यक्रम स्थगित
यस अघि जेठ २९ गतेसम्म लगाउने तय भएको काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुटटाइएको खोप संख्या सकिएको भनि सूचना प्राप्त भएकोले खोप कार्यक्रम अर्को सूचना नआए सम्मको लागि स्थगित गरेको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

५ दिनमा १ लाख व्यक्तिलाई कोरोना खोप लगाउने भनिएतापनि दोस्रो दिनमै १८ हजारलाई खोप लगाइएपछि खोप कार्यक्रम स्थगित गरिएको हो ।

काठमाडौं महानगरले कोरोना विरुद्धको खोप रोकिएको जानकारी दिनको लागि जारी गरेको सूचना ।
महानगरपालिकाले यही जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप दिने अभियान सञ्चालन गरेको थियो । महानगरको एक देखि ३२ वडा कार्यालयमा तय भएको कार्यक्रम स्थगित भएको हो ।

खोपको लागि काठमाडौंको गोकणेश्वर नगरपालिकामा लाइनमा बसेका व्यक्तिहरु ।
काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । खोप अभियानको पहिलो दिन आठ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन नौ हजार ३६६ सहभागी भएका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *