जब बोल्न नसक्ने भनेर उसको काखबाट ब’च्चा खो’सिन्छ…

Rochak

स्वाथै स्वार्थले भरिएको यो समाज, आफैं खाऔं, आफैं रमाऔं भन्ने यो समाजमा कँही कसैले ढुंगा राखिदियो ,अनि त्यस ठाउँमा गयो भने त सबै इच्छा पुरा हुन्छ, कसैले भनिदियो भने चार हात खु’ट्टा टेकेर त्यहाँ पुग्ने मानव समुह त्यँही नजिक केही खान दिन्छन् कि भनी आश गरी बस्ने एउटी कु’कुरनीलाई भु’सिया भनी त्यहाँबाट भ’गाउँछन् । उ आफु र आफ्नो ४ —५ ओटा ब’च्चाको पे’ट पा’ल्ल चारतिर दौडिन्छे , तर कसैले केही दिदैंन ।

भगवानले सबै जिव प्राणीको रक्षा गर भनेर मानव जातीलाई यो सुन्दर संसारमा पठाइदिएको हो तर के थाहाँ त्यो पशुलाई मानव मानव नभएर दा’नव हुन लागेको । हामी हाम्रा ब’च्चाले भ्याकेको खानेकुरा डस्विनमा फ्ल्याछौं तर त्यो पशुलाई दिदैनौं कारण एक दिन दियो भने सधैं ढोकामा आउँछ रे ! सुन्दा पनि अचम्म लाग्ने यो हाम्रो समाज खाने कुरा फ्याक्न राम्रो लाग्ने तर त्यही खाने कुरा यसो बाटो घाटोमा राख्न लाज लाग्ने ! यखि खेर गएको खानेकुरा मात्र ति पशुलाई दियो भने नि त त्यसको आत्माले त आर्शिवाद दिन्छ नी । तर हामी सभ्य भनाउदाहरु यति सम्म गिर्छौं नि वर्षको एक दिन बाटो गल्ली घुमेर कुुकुरको पुजा गर्छौ , त्यो दिन त खान पनि दिन्छौ । कारण थाहा छ मरेपछि स्व’र्ग जाने बेलामा बाटो नछेकाकेस भनेर !

म’रेपछि पनि डराउने यो मानव जाति किन बाचुन्जेल पशुलाई माया गर्दैन ? एउटा अप’राधि समात्ने देखि घरको पहरेदारको भुमिका उभिने त्यो कुकुरनी जब ग’र्भवती हुन्छे, उसले आफुले चाहेको खान पाउदिन । जसले जे दियो त्यही खान्छे आखिर त्यसको नि आत्मा हुन्छ नि ,अझ बच्चा ज’न्मिए पछि उसले आफ्नो बच्चालाई पेट भरी आफ्नो स्तनपान समेत गराउन पाउदिन कारण धर्म गर्ने यी मानव जातिले क्ुकुरको बच्चाको आँखा नउर्मि खोलामा बगाइदिए पुण्य मिल्छ रे ! खै कुन शास्त्रमा लेखेको छ, थाहा छैन एउटा आमाको काख रित्ताएर पुण्य मिल्छ भनेर ?

बिचरी त्यसले रहर लागुन्जेल आफ्नो बच्चा काखमा राख्न पाउदिन बच्चाको अभावमा उ कराउछे चिच्याउछे, तर कसैले उसको पि’र बुझ्दैन उल्टो झर्को लाग्यो भन्दै त्यो सु’त्केरी कुकु’रनीलाई घरबाट थपाउछन् । यता उती सुघ्दै आफ्नो ब’च्चाको खोजीमा हिड्छे । विचरी त्यसले पेट भरि खान समेत पाएकी छैन नखाए भोक लाग्ने खाए छाती रन्केर आउने कसलाई स्तनपान गराउने उ रन्थनिदै हिँड्छे कहिले बच्चालाई स्तनपान गराउ भनेर , तर त्यसलाई के थाहा उसको बच्चा त खोलामा विलिन भइसक्यो भनेर !

बिचरी बोल्न जान्दिन आफ्नो पि’डा आँखाबाट देखाउँछे त कसैले उसको आशु देख्दैनन् । आखिर त्यो पशु न हो चार पाँच दिन पछि आफ्नै ब’च्चालाई छोडेर हिड्छे । अनि किन उसको ब’च्चा खोस्ने ? के पशुलाई आफ्नो मातृत्वको अधिकार हुँदैन ? के उसलाई आफ्नो ब’च्चा काखमा राख्ने अधिकार छैन ? आफ्नो बच्चालाई माया गर्ने अधिकार छैन ? विचरी प्रवसन पिडा समेत एक्लै सहन्छे कोही हुँदैन अगाडी कसले तातो पानी दिने ,कसले खान आखिर प्रवसन पिडा त सबैको एउटै त हो नि चाहे मान्छे किन नहोस । चेतनशील मावन भएर पनि किन यस्तो गर्छ , विचरी त्यसलाई तातो खान त परै जाओस आफ्नो बच्चासँग बस्ने अधिकार समेत छैन , नत कसैले पाल्नु पर्ने ,न कसेले हेर्नु पर्ने ,सात घर डुलेर खाने यस्ता पशुको काख किन रित्याउने ? के त्यसको आ’त्माले मानवलाई म’रेपछि स्वर्गको ढोका खोलिदेला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *