सर्वोच्चमा वकिलले भने,’ राष्ट्रपतिले ओली वाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने तयारी गरेको देखियो’

समाचार

काठमाडौ । सर्वोच्च अदालतमा आजबाट संसद् विघटनसम्बन्धी परेका ३० रिटमाथि विषयकेन्द्रित बहस सुरु भएको छ। प्रधानन्यायधीस अस्वस्थ्य भएका कारण मंगलवार वहस हुन सकेको थिएन । बुधवार विहानवाट वहस सुरु भएको हो ।

अहिले शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सकेका छन्। आजै अर्का अधिवक्ता शम्भु थापाले पनि वहस गरेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले संघीय प्रतिनिधि सभाको अधिकार राष्ट्रपतिले खोसेको टिप्प्णी गरे । उनले विश्वासको मत लिन सक्दिन भनेको प्रधानमन्त्री प्रधानमन्त्री नै रहन नमिल्ने बताए।

बहस गर्दै यादवले अहिले सरकार बन्न नसकेको अवस्था नभएको बताए। सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नै नदिएको उनले जिकिर गरे। उनले भने, ‘राष्टपतिले नै बनाउन नदिएको अवस्था हो।’ बहुमत लिएर शेरबहादुर देउवा पुगे पनि राष्ट्रपतिले अवरोध गरेको उनको तर्क थियो। उनले भने, ‘बहुमत लिएर शेरबहादुर देउवा पुगे तर राष्टपतिले केपी ओलीबाहेक कसैलाई बन्नै नदिने तयारी गरेको देखियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *