अब विदेशबाट आउनेले दुई पटक पिसिआर टेष्ट गर्नु पर्ने होटलको खर्च सबै स्वंयमले ब्यहोर्नु पर्ने?

समाचार

अब विदेशबाट आउनेले दुई पटक पिसिआर टेष्ट गर्नु पर्ने होटलको खर्च सबै स्वंयमले ब्यहोर्नु पर्ने?

काठमाण्डौ। अब विदेशबाट आउनेले दुई पटक पिसिआर टेष्ट गर्नु पर्ने होटलको खर्च अब सबै स्वंयमले ब्यहोर्नु पर्ने?को’भिडको कारण देशमा मात्र हैन विदेशमा पनि उत्तिकै प्रभाव परेको छ अधिकांश रोजगार दिने कम्पनिहरु बन्द भएका छन। चलिरहेको कम्पनीहरु पनि कोरोना बढ्न

थाले पछि फेरि बन्द हुन्छ कतिपय नेपालीहरु टिकेटको खर्च महङ्गो भएर साथमा टिकेटको खर्च नभएर चार्टर फ्लाईटमा समेत जान पाएनन्अन्य धेरै मानिसहरु दुई चार महिना अगाडी देखि घर जाने नेपाल फर्कने आशमा बसिरहेका छन यस्तो पिडादायी अवस्थामा सरकारले फेरि

विदेशमा रहेका नेपालीहरु जो घर फर्कने आशमा छन उनिहरुलाई नै लक्षित गरेर यस्तो नियम ल्याउदै छ।भने ति घर फर्कन तयारी अवस्थामा रहेका नेपालीले कसरी यो खर्च ब्यवस्थापन गर्लान जसको रोजगार बन्द भएर महिना देखि बेरोजगार भई परदेशमा अलपत्र अवस्थामा बसेका

छन।। यस विषयमा जानकार राख्ने व्यक्तिले आवाज उठाइ दिन आग्रह गर्दछु।।कम्तिमा यस्तो दुुुखद अवस्थामा सरकारले समन्वय गरेर उचित ब्यवस्था गर्न पर्ने हो पिसि आर दुई पटक खर्च स्वंयम यात्रीले लगायत बस्ने होटल सबै यात्रीले गर्नु पर्ने यो कतिको जायज छ ? साधारण टिकेट किन्न नसक्ने अवस्थाको मानिसले कसरी ब्यहोर्न सक्छ?

पुरा समचार पढ्नुस् यहाँ छ। अब विदेशबाट आउनेले दुई पटक पिसिआर टेष्ट गर्नु पर्ने होटलको खर्च सबै स्वंयमले ब्यहोर्नु पर्ने? विदेशबाट आउने यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने, दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापदण्ड जारी भएको छ ।

“जनस्वास्थ्यका मापदण्ड पालना गरेर सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने जेठ १३ गतेको निर्णय अनुसार मन्त्रिपरिषद् बैठक’ले ‘नेपाली तथा विदेशी” नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो । सरकारले तोकेको ठाउ

क्वारेन्टाइन, होम क्वारेन्टाइन, यात्रुको व्यवस्थापन, होटल क्वारेन्टाइन अवधि व्यवस्थापन, होम क्वारेन्टाइन निगरानी र अन्य विषय समेटिएका ६ वटा क्षेत्रका२८ बुँदामा माप दण्ड लाई समेटिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र कोभिड संकट”

व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायको समन्वयमा मापदण्डको मस्यौदा बनाएर स्वीकृतिका लागि मन्त्रिपरिष द्मा पठाइएको थियो । मस्यौदालाई स्वीकृत गर्दै मन्त्रि परिषद् बैठकले मापदण्ड जारी गरेको हो । मापदण्डको पालना गर्नेलाई मात्रै नेपाल आउन अनुमति प्रदान गर्न

विदेशस्थित कूटनीतिक नियोगहरूलाई परिपत्र गरिएको छ ।गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मापदण्ड कडाइका साथ पालना गर्न सबै निकायले आ–आफ्नो तर्फबाट संयन्त्रलाई क्रियाशील बनाएको बताए । मापदण्ड को उल्लंघन गरिए कोभिड–संकट व्यवस्थापनसम्बन्धी

अध्यादेशका प्रावधानअनुसार कैद र जरिवाना गरिने उनले जनाए । अब नयाँ मापदण्डअनुसार हवाईमार्गबाट नेपाल आउँदा सम्बन्धित विदेशी र नेपाली यात्रुले फोटो र बार कोडक्यूआरकोडसहितको नेगेटिभ पीसीआर रिपोर्ट, १० दिन क्वारेन्टाइनमा बस्न होटल बुकिङ गरेको प्रमाणका आधारमा मात्रै विदेशबाट नेपाल आउन अनुमति दिइनेछ ।

मापदण्डअनुसार नेपाल आउने यात्रुले १० दिन होटल/क्वारेन्टाइनमा बस्दाको सबै खर्च आफैं व्यहोर्नुपर्नेछ । क्वारेन्टाइनमा बसेको ४ दिन र एघारौं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ । खाडी मुलुक र मलेसियाबाट आएका नेपाली श्रमिकको हकमा भने ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर नेगेटिभ आएपछि गन्तव्यमा जान दिइनेछ ।ईकान्तिपुर बाट ईकान्तिपुर लिङ्क ईकान्तिपुर को अफिसियल लिङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *