जान्नै पर्ने हिन्दु धर्मका महत्वपूर्ण तथ्यहरु

धर्म / संस्कृत


हामी हिन्दु समुदाय हिन्दु हुनुमा गर्व त गर्छौं, भगवानमा आस्था राख्छौ र मन्दिर पनि निकै धाउछौ तर हामी आफैलाई हिन्दु धर्मसँग सम्बन्धित पूरा ज्ञान भने रहेको हुदैन । हिन्दु धर्म एउटा विशाल समुद्र जस्तै हो, हामीले यस भित्र रहेका हिरा, जवाहरातलाई पत्ता लगाउन सक्नुपर्दछ । यसै सिलसिलामा आउनुहोस हामीले आज हिन्दु धर्मका १२ अनौठा तथ्यहरु जानौ र यो कुरा सक्दो शेयर पनि गरौ ।

१. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसको उत्पति १० हजार वर्षअघि भएको थियो भने यसका साहित्यिक कृतिहरुलाई इसा पूर्व ७ हजारभन्दा अघि रचिएको मानिन्छ ।

२. हिन्दू धर्मलाई इसाई धर्म र मुस्लिम धर्मपछिको सबैभन्दा ठूलो धर्म मानिन्छ । विश्वभरि १४ प्रतिशत मानिसहरु हिन्दू धर्मावलम्बी रहेका छन् ।

३. योगा, प्रणायाम, ज्योतिषशास्त्र, अंकशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् ।

४. संसारको सबैभन्दा ठूलो मन्दिर भारतमा होइन, कम्बोडियाको अंगकोरमा पर्दछ ।

५. नेपालको उत्पति हिन्दू ऋषि ने मुनीले गरेका हुन् भन्ने मिथ्य रहेको छ ।

६. हिन्दू धर्ममा, महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो ।

७. हिन्दू धर्ममा आधारित मन्दिरहरुको वास्तुकला आकर्षक सज्जावट मात्र होइनन्, ऊर्जाको केन्द्र पनि हुन् र विशेष वैज्ञानिक महत्व राख्दछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग हुने फलामदेखि निर्माणको ढाँचासम्मले पनि सकारात्मक ऊर्जा संचारित गर्दछ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

८. आदर्श हिन्दू धर्मको चार मुख्य उद्देश्यहरु धर्म, अर्थ, कर्म तथा मोक्ष हुन् ।

९. “कर्म” शब्द राम्रो वा नराम्रो काम भन्ने अर्थ बुझाउने हिन्दू अवधारणाबाट आएको शब्द हो ।

१०. बौद्ध धर्मको उद्भव हिन्दू धर्मबाटै भएको मान्ने गरिन्छ । हिन्दू धर्मको विकल्पको रुपमा बौद्ध धर्मको सुरुवात भएको हो भन्ने मान्नेहरु पनि छन् । बौद्ध धर्म भारतबाट प्रचारित हुँदै एसियाभर पुगेको थियो ।

११. विश्वमा हरेक सात मानिसमध्ये एक हिन्दू भारतीय नागरिक पर्दछन् ।

१२. विश्वको प्रख्यात फोन कम्पनीका संस्थापक स्टिभ जब्स्ले फेसबुकका संस्थापक मार्क जुर्कबर्गलाई आन्तरिक शान्ति तथा आधात्यमिकता प्राप्तिका लागि भारतको उत्तराखण्डमा रहेको कैँची धाम मन्दिर घुम्न जान सुझाव दिएका थिए ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *