डेरामा सँगै बस्ने साथीको ह’त्या आरोपमा एक जना प’क्रा’उ

समाचार

डेरामा सँगै बस्ने साथीको ह’त्या आरोपमा एक जना प’क्रा’उ
डेरामा सँगै बस्ने साथीको ह’त्या आरोपमा एक जना प’क्रा’उ
धनगढी- डेरामा सँगै बस्दै आएका साथीको हत्या आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अन्दाजी ३६ वर्षीय विशाल बुढाथोकीको हत्या आरोपमा कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ३९ वर्षीय सोमबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

विगत १ महिनादेखि कैलालीको लम्कीचुहा नगरपालिका–२, मोतीपुरस्थित पदमबहादुर बुढाको घरमा डेरामा बस्दै आएका दैनिक ज्याला मजदुरी गर्दै आएका बुढाथोकीको हत्या गरेर फरार रहेका बस्नेतलाई लम्कीस्थि वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा मंगलबार पक्राउ गरेको हो। **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार २३ गते बेलुका मृतक र बस्नेत स्थानीय बजार र डेरामा घरेलु मदिरा सेवन गरेका थिए। उनीहरूबीच विवाद हुँदा कोठामा रहेको फलामको कर्नीले टाउँकोमा हिर्काउदा बुढाथोकीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विष्टले बताए। **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

२४ गते बुढाथोकीको शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा फरार रहेका बस्नेतलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *