उडान ब’न्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको श’व अ’ड्कियो

समाचार

उडान ब’न्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको श’व अ’ड्कियो

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको श’व अ’ड्किएको छ ।सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान ब’न्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको श’व रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताउनुभयो ।मलेसियामा विभिन्न कारणले जे’ल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् ।

मलेसियामा गएको वर्षजस्तो रोजगारी गु’मेर अलपत्र पर्ने अवस्था अहिले छैन । क’रार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ । मलेसियामा पनि पछिल्लो समय को’रोना सङ्क्रमण बढ्दो छ ।

नेपाली श्र’मिक पनि सङ्क्रमित भइरहेका छन् । तर को’रोना सङ्क्रमित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना ना’गरिक सहर उपचार गरिरहेको राजदूत पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *