अब अमेरिका प्रवेश गरेकाहरुलाई ग्रीनकार्ड नदिने सर्वोच्च अदालतले गर्यो फैसला

समाचार

एजेन्सी । अमेरिकालाई आफ्नो सपनाको शहर बनाउनेहरुका लागि दुखलाग्दो खबर सार्वजनिक भएको छ । अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई अब ग्रीनकार्ड नदिने फैसला गरेको छ ।

साथै अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा गएका र उतै बस्ने योजना बनाएकाहरुले पनि ग्रानकार्ड नपाउने भएका हुन् । अमेरिकाले अन्य कामका लागि त्यहाँ पुगेका र आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्डको आवेदन दिनबाट रोक्न सरकारलाई अदालतले निर्देशन दिएको छ ।

अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले सोमबार यस्तो निर्देशन दिए पछि अमेरिकामा बस्न विभिन्न बहाना बनाएर भिषा थपिरहेका नेपालीहरु पनि प्रभावित हुने भएका छन् । यो निर्णयले अमेरिका अवैधरुपमा प्रवेश गरेर उतैको नागरिक बन्ने योजनामा रहेकाहरु प्रभावित हुने बताइएको छ ।

टीपीएस कार्यक्रममा बसिरहेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति पाउने आशा पनि यो निर्णय संगै हराउने भएको छ । अमेरिका अवैधरुपमा प्रवेश गरेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति दिन नहुने आवाज यसअघि पनि उठ्दै आएको भए पनि कार्यान्वयन नहुँदा विभिन्न मुलुकका नागरिकले फाइदा उठाउँदै आएका थिए ।

अल सल्भाडोरबाट अवैधरुपमा आएको एक दम्पत्तीको मुद्दाको छिनोफानोको क्रममा सर्वोच्च अदालतले यस्तो फैसना सुनाएको हो । अमेरिकाको टीपीएस कार्यक्रममा नेपालसहित संकट तथा युद्धको सामना गरेका अन्य १० मुलुक छन् । यसको प्रभाव नेपाली नागरिकलाई पनि पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *