रोल्पामा एक युवती धारामा नुहाउँदै थिइन्, गाउँपालिकाका इञ्जिनियरले आफूलाई रोक्न नसकेपछि भयो यस्तो घटना

Rochak

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत एक इञ्जिनियरले धेरै घृणित काम गरेका छन् । उनले महामारीमा संक्रमित भएकी एक किशोरीलाई क र णीको प्रयास गरेका छन् । उक्त गाउँपालिकाको होलेरीमा २० वर्षीया किशोरीलाई उनले त्यस्तो कार्य गरेका हुन् । यस्तो कार्य गर्ने ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।

“सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अ ङ्ग मा हात लगाउँदै क र णी गर्न खोजेको भन्ने किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब उपरीक्षक सुवेदीले भने ।

सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै निच काम भएकाले प्रहरीले अत्यन्तै संंवेदनशील भई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । “पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई प्रचलित कानुन बमोजिम मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले भने ।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले त्यस्तो प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना संक्रमित रही होम आइसोलेसनमा बस्दै आएकी थिइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *