कालो ढुसीबाट बचेका यी व्यक्ति जसले आफ्नो जिबन बचाउन ‘आँखा का ट्नै पर्ने बताए’ (भिडियो सहित)

Rochak

बीबीसी । पण्डित मराठे भारतका एकजना अवकाशप्राप्त व्यवसायी हुन्। उनले कोभिडलाई जिते तर त्यसपछि उनको दाहिने आँखामा समस्या रहिरह्यो। उनको आँखामा घातक कालो ढुसी रोग लागेको रहेछ।

डाक्टरहरूले कोभिडको उपचार गर्दा स्टेरोइडको अत्यधिक मात्रामा प्रयोग गरेका कारण कालो ढुसी लागेको हुन सक्ने ठान्छन्। भारतमा अहिलेसम्म ११ हजार कालो ढुसीका बिरामी पुष्टि भइसकेको छ।

त्यस्तै कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन-चारवटा रिपोर्ट आएको छ।”

उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ। भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *