प्रभुराम शर्मा प्रधानसेनापति बन्दै

प्रमुख समाचार

काठमाडौं । सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आइतबार प्रधानसेनापति थापाले सेनामा जिम्मेवारी सम्हालेको एक हजार दिन पुगेको उपलक्ष्यमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् ।

हाल बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी वहन गरिरहेका भावी प्रधानसेनापति प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको हो । तीन महिनामा कुनै उथलपुथल नभए शर्माले नै अब सेनाको नेतृत्व गर्नेछन् ।सेनामा सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ ।

त्यसअनुसार थापा साउन २४ मा विदामा बस्नुपर्ने हुन्छ । तर, थापाले त्यसअघि नै शर्मालाई प्रधानसेनापतिमा सिफारिस गर्नेछन् । जसअनुसार आइतबारदेखि नै नेतृत्व हस्तान्तरण सुरु गरिएको हो ।थापाले नयाँ आउने नेतृत्वको टिमलाई आफ्नोमा सँगै सहकार्यमा लगाउन थालेका छन् ।

नयाँ नेतृत्वले आफू अनुकूलको संरचना तयार गर्ने प्रचलन छ भने केही पुरानै र केही नयाँ टिम त्यहाँ रहने गर्दछ ।यु’द्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका सम्भावित प्रधानसेनापति शर्मा सेनाभित्र ‘एक्सन म्यान’का रूपमा चित्रण गरिने सैन्य अधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *