मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

Rochak

काठमाडौं – हास्य कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा फेरि स’मस्या देखिएपछि उनलाई शुक्रबार राति अस्पताल लगिएको थियो ।

छोरा यमन श्रेष्ठका अनुसार मुटुमा स’मस्या देखिएपछि मदनकृष्णलाई राति नै गंगलाल अस्पताल लगिएको हो । अस्पताल भर्ना भएका मदनकृष्णको मुटुको ए’न्जियोप्लास्टी गरिएको जनाइएको छ ।उनको पहिले नै मुटुमा स्टि’ल राखिएको थियो भने अहिल दुई वटा स्टि’ल थपिएको जनाइएको छ ।

उपचार पछि मदनकृष्णलाई आईसीयूमा राखिएको यमनले बताए । अहिले भने उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । यसअघि पनि को’रोना संक्रमण देखिएपछि मदनकृष्ण अस्पताल भर्ना भएका थिए । उनी को’रोनाको उपचारपछि स्वास्थ्यमा सुधार आएको भन्दै घर फर्किएका थिए ।

थप समाचार – अभिनेता पल शाह अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय छन् । गत वर्ष लकडाउनको समयमा उनले फिल्म प्राविधिकका लागि ५ लाख बराबरको खाद्यान्न सहयोग गरेका थिए भने बाढी पहिरो पी’डितलाई पनि राहत वितरण गरेका थिए ।

को’रोनाको दोस्रो लहर सुरु भएसँगै यतिबेला उनी को’रोनाका बि’रामीका लागि निःशुल्क अक्सिजन जुटाउन दिन-रात नभनी ख’टिरहेका छन् । पलको यस्तो कार्यको अभिनेत्री करिश्मा मानन्धरले प्रशंसा गरेकी छन् । पल रिल र रियल दुवैको हिरो रहेको उनी बताउँछिन् ।

शनिवार प्राविधिकहरुलाई राहत बाँड्ने क्रममा उनले नयाँ पुस्तामा पल अरुभन्दा फरक लागेको बताइन् । उनी भन्छिन्, ‘म मेरो छोरीसँग कम्पियर गरेर भन्छु कि उनले पनि यस्तो गर्दिए हुन्थ्यो । पलले अरुको दुःख महशुस गरेको छ । त्यस्तो मन महान हुन्छ ।’

पलले हरेक पक्षलाई विचार गर्ने बानी आफूलाई मनपर्ने उनको भनाई छ । उनी अगाडि भन्छिन्, ‘अहिलेका स्टारले गीतमा काम गर्दिनँ भनेर भन्छन् । तर, जे सकिन्छ त्यो गर्नुपर्छ । अहिले हामी जुन फर्म्याटले फिल्म खिच्छौं म्यूजिक भिडियो पनि त्यसरी नै खिच्ने हो ।

हिरो त ऊ हिरो नै हो नी । पल त झन् अहिले दुई किसिमको हिरो भइसकेको छ । सिनेमा र रियल लाइफ दुवैको हिरो ।’पलसँग दुईवटा म्यूजिक भिडियोमा काम गरिसकेकी करिश्माले उनी अभिनीत फिल्म भने हेर्न पाएकी छैनन् । तर, भिडियोमा काम गर्ने क्रममा पललाई नजिकबाट चिन्न पाएको उनी बताउँछिन् ।

त्यस्तै, अभिनेता पल शाहले राजेश हमाल र करिश्मा मानन्धर आफ्नो मनपर्ने अभिनेता-अभिनेत्री रहेको र म्यूजिक भिडियोमा एकसाथ काम गर्न पाउँदा एकदमै खुसी भएको बताएका छन् ।‘प्रायः फिल्ममा राजेश सर र करिश्मा म्यामको जोडी हुन्थ्यो । उहाँहरु रियल लाइफमा पनि भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।

फिल्म ‘ढुकढुकी’ को ‘यो ढुकढुकीको चाल यस्तै हो’ गीतमा डान्सरहरुले राजेश हमाल सर र करिश्मा म्यामलाई तानेर छुट्याउँदा मलाई एकदमै नरमाइलो लागेको थियो,’ उनी भन्छन्, ‘बच्चैदेखि स्क्रिनमा हेरेको मान्छे सामुन्ने भेट्दा भगवान नै भेटे जस्तो लाग्ने रहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *