‘फेयर एन्ड लभ्ली गर्ल’का रूपमा चिनिने यामी गौतमले गरिन सुटुक्क बिहे , सार्वजनिक गरिन् यस्ता तस्विर (फोटो फिचर सहित)

Rochak

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री यामी गौतमलाई धेरैले ‘फेयर एन्ड लभ्ली गर्ल’का रूपमा चिन्छन्। उनले केही टेलिसिरियलमा पनि काम गरेकी छिन्। टेलिभिजनको पर्दाबाट फिल्मतिर मोडिएकी हुन्।

पछिल्लो समय फिल्म ‘बाला’ मा अभिनेता आयुष्मान खुरानासँग देखिएकी थिइन्। उनले ‘काबिल’, ‘उरी’ लगायत फिल्मका काम गरेकी छिन्। एक अन्तर्वार्तामा उनले करिअरको सुरुवातमा आफू एउटा विज्ञापनपनि खेलेकी छन् ।

‘फेयर एन्ड लब्ली’ गर्ल एवं चर्चित बलिउड अभिनेत्री यामी गौतमले सबैलाई चकित तुल्याउँदै सुटुक्क विवाह गरेकी छन् । यी अभिनेत्रीले आफू दाम्पत्य जीवनमा बाँधिएको भन्दै इन्टाग्राममार्फत पतिसँग विवाहको तस्बिर सार्वजनिक गरेकी छन् ।

यी अभिनेत्रीले फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । निर्देशक आदित्यले पछिल्लो पटक ‘उरी’ भन्ने फिल्मको निर्देशन गरेका थिए । अचानक उनीहरूको विवाहको खबर आउँदा फ्यानहरू छक्क परेका थिए । यामी र आदित्यले बिहीबार मात्र विवाहको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *