नेपालगन्ज बाट सल्यान जाँदै गरेको जिप दु’र्घटना

समाचार

सल्यान – सल्यानमा आज बिहान जी’प दु’र्घटना हुँदा सात जना घा’इते भएका छन् । घा’इतेमध्ये तीन जनाको अ’वस्था ग’म्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारीअनुसार नेपालगञ्जबाट श’व बोकेर वनगाड कुपिण्डे-१० थापाचौर जाँदै गरेको भे १ च ३६६९ नम्बरकाे जीप आज बिहान करिब तीन बजेतिर बनगाड कुपिण्डे-८ आगरनेटामा दुर्घ’टनामा परेको हो ।

जीप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घा’इते हुनेहरुमा जीप चालक २६ वर्षीय बलबहादुर कुँवर, ४० वर्षीय गाडी धनी होमबहादुर गिरी, २१ वर्षीय आइतुलाल थापा, ३२ वर्षीय खोकलाल थापा, २६ वर्षीय हुर्मती थापा, २० वर्षीय केशव थापा र ४५ वर्षीय टोपबहादुर घर्ती रहेका छन् ।उनीहरुमध्ये चालक बलबहादुर, हुर्मती र आइतुलालको अवस्था ग’म्भीर छ । घाइ’तेमध्ये तीन जनालाई उप’चारको लागि नेपालगञ्ज र घाइ’ते भएकामध्ये अन्य तीन जनाको जिल्ला अस्पताल सल्यानमा उप’चार भइरहेको प्रहरीले जनाएकाे छ । (फाइल तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *