युवतीलाई जोगाउन राउटे बस्ती सिल,युवतीहरुको भिडियो सार्वजनिक भएपछि उनीहरुको ज्यान समेत जोखिममा परेको छ

प्रमुख समाचार

I
सामाजिक सञ्जालमा दुई राउटे युवतीहरुको भिडियो सार्वजनिक भएपछि उनीहरुको ज्यान समेत जोखिममा परेको छ । राउटेको आफ्नै नियम कानुन हुने र त्यो निकै कडा हुने भएकाले युवतीहरुको ज्यान जोखिममा परेको छ । राउटे समुदाय सम्म युवतीको घटना पुग्न नसकोस भनेर फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ। असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

‘राउटे बस्तीमा अन्य समुदायका ब्यक्तिको प्रवेशले उनीहरुको जिवन नै जोखिममा परेपछि बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताए । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।

राउटे युवतीमाथि भएको घटना राउटे समुदायसम्म पुग्न नदिन बस्ती सिल गरिएको हो। बस्तीमा अन्य समुदायका नागरिकले घटना अन्त पुर्‍याउन सक्ने सम्भावना रहेकाले अन्य समुदाय सम्म उनीहरुको पहुच हुन नदिने निर्णय गरिएको प्रशासनले जनाएको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई राउटे समुदायले युवतीलाई अस्वीकार गर्ने र कठोर सजाय दिने सम्भावना रहेका कारण उनीहरुलाई जोगाउन सोमवार बिहानदेखि राउटे बस्ती कसैलाई प्रवेश गर्न नदिने प्रहरी खटिएको हो।
तस्बिर सौजन्य : रमेशविक्रम हमाल/सुर्खेत
*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *