भारतीय नेतासँग विबाह गरेर गएकी चर्चित नायिका बिपना थापाको अर्को तारिफयोग्य काम

Rochak

भारतीय नेतासँग विबाह गरेर गएकी चर्चित नायिका बिपना थापाको अर्को तारिफयोग्य काम, बृन्दाबनमा पति संगै गएर नेपाली बृद्ध बृद्धाहरुलाई गरिन् यती ठूलो साहयोग, बृद्ध हजुर बा हजुर आमाहरुले दिए खुशी खुशी हुँदै आशिर्वाद, बृद्ध हजुरआमासँग बृन्दाबनमा विपनाका पतिले पनि थाप] आशिष, दुवै खुशीले फुरुगं हुँदै घर फर्किए, भिडियोमा हेर्नुहोस् भारतमा क्या शानसँग जिन्दगी चलाइरहेकी छिन् नायिका विपनाले

नेप्से २९०० माथि पुगेको बजारमा रेकर्डै रेकर्ड : जेठ २३ गते, आइतबार नेप्से परिसूचक २९०० विन्दुमा माथि पुग्दै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्सेसँगै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५०.१३ अंक बढ्दै २९०६.८९ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्सेले गत साताको अन्तिम कारोबार दिन नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड बनाएको हो।

यस दिन नेप्सेसँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्सले पनि नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.८८ अंक बढेर ५२०.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स यस दिन ४.११ अंक बढेर २०१.३५ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४२ अंक बढेर १७२.८१ विन्दुमा पुगेको छ।

आइतबार बजारमा सबैभन्दा बढी रकमको शेयर खरिदबिक्री भएको छ। यस दिन २१८ कम्पनीको १ लाख ७१ हजार ६० पटकको कारोबारमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार : नेप्सेले नयाँ उचाइ कायम गरेको दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका राधी विद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक साढे ८ प्रतिशत घटेको छ।

४ उपसमूहका परिसूचकहरु पनि नयाँ उचाइमा : नेप्से नयाँ उचाइमा पुगेकै दिन ४ उपसमूहका परिसूचकहरु पनि नयाँ उचाइमा पुगेका छन्। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त र अन्य उपसमूहले नयाँ अलटाइम हाइ रेकर्ड बनाएका हुन्।१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन ३.६६ प्रतिशत, अन्यको ३.०३ प्रतिशत, विकास बैंकको २.३८ प्रतिशत र वित्तको १.४३ प्रतिशत बढेको छ।

एउटै कम्पनीकाे काराेबार रकममा पनि नयाँ रेकर्ड : यस दिन एउटै कम्पनीको सबैभन्दा धेरै रकमको कारोबारमा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार नेपाल पुनर्बीमा कम्पनीको मात्रै सर्वाधिक १ अर्ब २१ करोड १४ लाख ५६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यो एकै दिनमा एउटा कम्पनीको शेयर खरिदबिक्री भएको रकममध्ये सबैभन्दा धेरै हो। यस अघि यो रेकर्ड नेपाल लाइफ इन्स्योरेन्सले राखेको थियो। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड ९० लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *