बुर्का वा हातले सधैं छोपि रहन्छिन्न मुख, किन देखाउन चाहन्नन् इरफानकी श्रीमतीले अनुहार

मनोरंजों

भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर इरफान पठान आफ्नी श्रीमती सफा बेगको एउटा तस्बिरका कारण चर्चामा छन् । इरफानका छोरा इमरानको इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिएको छ जसमा इरफान श्रीमती सफा र छोरासँग देखिएका छन् ।

फोटोमा सफाको अनुहार ब्लर गरिएको छ । सफाको ब्लर फोटोमा प्रयोगकर्ताले इरफानमाथि निशाना साँधेका छन् । इरफानले यसको जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘मेरी श्रीमतीले आफ्नो इच्छाले आफ्नो अनुहार ब्लर गरेकी छिन् र साँच्ची, म उनको मालिक होइन, साथी हुँ ।’

इरफान पठान सोसल मिडियामा सफा बेगको अत्यधिक फोटो सेयर गर्छन् । यद्यपि, धेरैजसो फोटोमा सफा बुर्कामा हुन्छिन् । यदि बुर्कामा छैनन् भने उनको अनुहार हातले ढाकिएको हुन्छ ।उनको तस्बिर हेर्दा यस्तो लाग्छ कि सफा आफ्नो अनुहार देखाउन चाहन्नन् ।

यद्यपि, यो उनको नीजि निर्णय पनि हुनसक्छ ।थुप्रै फोटो यस्ता पनि छन् जसमा सफाले मास्क लगाएको देख्न सकिन्छ, उनीसँगै भएका इरफान भने मास्क बिना देखिन्छन् । स्मरण रहोस्, इरफान र सफा सन् २०१६ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । इरफान र सफाको विवाह मक्कामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *