भारतीय सेनाद्वारा नेपाली सेनालाई २४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

Uncategorized


काठमाडौं: नेपाली सेनालाई भारतीय सेनाले २४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

सेनाले भारतबाट पहिलो चरणमा कोभिड सम्बन्धी अपरेटिङ्ग हेटलाईट, अटो रिफ्रेक्ट मिटर, बि–प्याड मेसिन, एबीजी मेशिन, ल्याब माईक्रोस्कोप, लाईट क्युरिङ कार्डलेस, आईसियु भेन्टिलेटर, म्यानुअल स्प्रेयर, भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट, एन ९५ मास्क र पिपिई लगायतका सामग्री ल्याएको बताएको छ।

यस्तै भारतले सेनालाई ६ वटा एम्बुलेन्स पनि सहयोग गरेको छ। अब यो हप्ता र अर्को हप्ता गरी दुई चरणमा अझै कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री नेपाल आउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *