गोङ्गबु चोकवाट आठजना पक्राउ, कोको समातिए (नामसहित)

समाचार

काठमाडौँः नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौँको गोगंबु चोकमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।

प्रदर्शनका क्रममा प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा लगाएका थिए । चुरे दोहन, बहुल राष्ट्रिय राज्य र पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गरेको संघका महामन्त्री दीपक भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *