दु:खद खवर : यार्सागुम्बा सङ्कलनका क्रममा लडेर एक विद्यार्थीको मृ’त्यु

Rochak

दु:खद खवर : यार्सागुम्बा सङ्कलनका क्रममा लडेर एक विद्यार्थीको मृ’त्यु
सेयर
यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृ’त्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृ’त्यु भएको हो ।

अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृ’त्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो । महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा मृ’त्यु हुनेमा दुई महिला, एक विद्यार्थी र एक पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *