घरैबाट उठाइयो कांग्रेस सांसदका छोरालाई, म’दिरा सेवन गरेर यस्तोसम्म गरेका रहेछन्

प्रमुख समाचार

मोरङको विराटनगटमा भएको एक घटनाका अभियुत्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी नेपाली कांग्रेसकी नेतृ तथा प्रदेशसभा सदस्यका छोरा रहेको खुलेको छ। मोरङ विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार भएको दु’र्घटनाबारे अनुसन्धानरत प्रहरीलेले चालक रविन कार्कीलाई नियन्त्रणमा लिएको हो।

विराटनगर एयरपोर्ट मोडमा एक जनाको मृत्यु हुनेगरी गाडी दु’र्घटना भएको थियो। सोही विषयमा अनुसन्धान गर्न प्रहरीले प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको हो। बिहीबार राति भएको दुर्घटनापछि कार्की फरार थिए। उनलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

राईका अनुसार प्रत्यक्षदर्शीको बयान र घटनास्थलमा भेटिएको प्रमाणका आधारमा कार्कीलाई पक्राउ गरिएको हो। डिएसपी राईले दुर्घटना हुँदा कार रविनले नै चलाएको देखिएकाले पक्राउ गरिएको बताए। बिहीबार राति प्रदेश–१ की सांसद् विन्दियाले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्मा दासको मृत्यु भएको थियो।

दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएको डिएसपी राईले बताएका छन्। ४ दिनसम्मको अनुसन्धानपछि रविनलाई प्रहरीले घरैबाट उठाएको हो। राईका अनुसार पक्राउ परेका रविनमाथि सवारी ज्यान कसूरमा म्याद थप्ने प्रक्रिया बढाइएको छ। प्रहरीले घरैबाट पक्राउ गरे पनि उनलाई भट्टाचेकबाट पक्राउ गरिएको दावी प्रहरी श्रोतले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *