कैलालीमा लागु औषधसहित मोटरसाइकलमा सवार २ जना पक्राउ

समाचार


धनगढी: कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

विज्ञापन

मोटरसाइलमा सवार रहेका जिल्लाको बर्दगोरीया गाउँपालिका–१ कट्टिपुर बस्ने २५ वर्षीय धिरेन्द्र बम र मुडा गाउँ बस्ने २४ वर्षीय डबल भुल खैरो हेरोईनसहित पक्राउ परेका हुन्।

विज्ञापन

शनिबार भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी–जोशीपुर सडक खण्डको जोडीपिपल भन्ने स्थानबाट उनीहरुलाई ३० ग्राम खैरोहेरोइनसहित पक्राउ गरेको थियो।

विज्ञापन

उनीहरुले चलाएको ‘अन टेस्ट’ कोलो रंगको पल्सर मोटरसाइलसहित दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *