कालो ढुसी रो’ग लाग्नै नदिन के गर्ने ? यसो भन्छन् वरिष्ठ चिकित्सकहरु !

प्रमुख समाचार


काठमाडौँ – नेपालमा कोरोना सङ्क्रमण भइसकेका बि’रामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढु’सीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रो’ग लागेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढु’सीको रो’ग लागेको जानकारी दिनुभयो । डा. पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाँै, नेपालगञ्ज, कैलालीलगायतका ठाउँमा कालो ढुसीका रो’गी पाइएको जानकारी छ ।

कालो ढुसी प्रा’णघा’तक भएकाले सचेत रहनुपर्ने उहाँको भनाइ छ ।केही दिनअघिसम्म कालो ढु’सीको औ’षधिसमेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लाई आग्रह गरेर एक हजार भाइल औ’षधि ल्याइसकेको छ । प्रवक्ता डा. पौडेलले तत्काल थप दुई हजार भाइल औ’षधि ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

उहाँले स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल औ’षधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।वरिष्ठ नाक, कान तथा घाँटीरो’ग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रो’ग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु-याउने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *