नेपाली सेनालाई अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

समाचार


काठमाडौं : अष्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ। शनिबार अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रमा उक्त सामग्री हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। कार्यक्रममा नेपाली सेनाका रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए। कोरोनाविरुद्धको प्रतिकार्यका लागि सेनाबाट तैनाथ हुने स्वास्थ्यकर्मीको सुरक्षाका लागि अष्ट्रेलियाले उक्त सामग्री दिएको हो। सबै सामग्री अष्ट्रेलियन एय फोर्सले नेपाल ल्याएको हो।

यो पनि : पश्चिमी र स्थानीय वायुको प्रभाव : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं : देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ को पहाडी भू-भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

शनिबार बिहान जारी मौसम बुलेटिनमा दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।राती पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राती पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।राती पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *