करियरको सुरुवातमा प्रकृति पनि यौन दुव्र्यवहारको शिकार बनेकी थिइन् ! यसरी खोलीन रहष्य

समाचार

काठमाडौं । ‘होस्टेल’ फेम अभिनेत्री प्रकृति श्रेष्ठले आफू पनि यौन दुव्र्यवहारको शिकार भएको खुलासा गरेकी छन् । आफ्ना प्रशंसकहरुले सोधेका प्रश्नको उत्तर दिदै अभिनेत्री श्रेष्ठले इन्स्टाग्राममार्फत् यौन दूव्र्यवहारको सामना गरेकी बताएकी छन् ।

‘उत्सव’, ‘होस्टेल’लगायतका विभिन्न फिल्ममा काम गरिसकेकी प्रकृतिले आफ्नो फिल्मी करियरको सुरुवातमा यौन दुव्र्यवहारको सामना गर्नुपरेको बताएकी हुन् । उनले यौन दुव्र्यवहारलगायत आफूले सामना गरेको पीडाहरुबारे बोल्न डराउन नहुने बताएकी छन् ।

त्यस्तै, उनले अर्का एक फ्यानको प्रश्नको जवाफ दिदै आफूलाई ‘सही समय आयो’ भन्ने लागेपछि बच्चाबारे सोच्ने बताएकी छन् । उनले आफ्नो पहिलो सन्तान छोरी र दोश्रो सन्तान छोराको चाहना भएको पनि बताएकी छन् ।
दर्जनौं म्युजिक भिडियोमा समेत काम गरिसकेकी अभिनेत्री प्रकृति पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएकी छन् । उनले ‘बिहे पास’ फिल्मबाट पुनः कमब्याक गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *