म्याग्दीमा भयो चमत्कार! मुटुको चाल ब’न्द भै सकेको बि’रामीलाई यसरी ब’चाए डाक्टरले (भिडियो सहित)

समाचार

म्याग्दीको बेनीमा चमात्कार भएको छ । मुटुको चाल बन्द भैसकेको विरामीको ज्यान डाक्टरले बचाएका छन् । ती बिरामी खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा अकस्मात मु टुको चा ल ब न्द भयो ।

बेनी नगरपालिका–६,डम्बराका ५५ बर्षिय ती मधुमेहका बिरामीको मुटुको चा ल अचानक ब न्द भ ए को थियो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ उनको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो ।नियमित चेकजाँचको क्रममा डा. नवराज बस्ताकोटीले बिरामीको मुटुको चाल अचानक ब न्द भ ए को देखेपछि स्वास्थ्यकर्मीको सहयोगमा करिब ८ मिनेट सिपिआरको माध्यमबाट काम गर्न छो डे को मुटुलाई जगाउन सफल हुनुभयो ।

दोस्रोपटक करिब ३० सेकेण्ड मु टु को चा ल ब न्द भ ए पछि डा. बस्ताकोटी, डा. डालिम काफ्ले सहित स्वास्थ्यकर्मीको टोलीले १६ मिनेट सिपिआर विधिबाट पुनः होस फर्काउने कार्यमा सफलता मिल्यो ।बिरामीको अवस्थालाई हेर्दा बाँच्ने आस मा रि सकेको अवस्थामा समेत चमत्कारी सुधार भएको डा. बस्ताकोटीले बताउनुभयो । ‘दुई पटक मुटुको चाल बन्द भयो, पहिलोपटक सुधार भएपछि दोस्रोपटक झन जटिल समस्या देखिएपछि आस मा रे पनि जगाउने प्रयास गरियो’डा. बस्ताकोटीले भन्नुभयो ।

उहाँका अनुसार बिरामीमा चमत्कारी सुधार आएको छ। हृदय घा त भएर ढ ले का बिरामीको मुटुलाई पनि यो उपचार विधिबाट पूर्ववत् अवस्थामा फर्काउन सकिने भएकाले यसका बारेमा थप जानकारी दिने डा. बास्ताकोटीको योजना छ ।शरीरमा र क्त सञ्चार भएर बिरामीको ज्यान जोगिने विधि भएकाले यस बारेमा सन्देश फैलाउने डा. बस्ताकोटीले बताएको समाचार बेनी अनलाईनमा हरिकृष्ण गौतमले लेखेका छन् । तस्वीर र भिडियो सहितको समाचार हामीले बेनी अनलाईनबाट साभार गरेका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *