१५ दिन नपुग्दै बढ्यो इन्धनको मूल्य

प्रमुख समाचार

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको छ।

१५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धन (आन्तरिक)को मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निगमले यसअघि जेठ २ गते मात्रै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक)को मूल्य लिटरमा २ रुपैयाँले बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *