Breaking: नेपालमा आज एकैदिन ८२४३ निकाे भए, नेपालमा आज शनिबार ह्वात्तै घटे को’रोना संक्रमित [संख्या सहित]

प्रमुख समाचार

काठमाडौं । नेपालमा आज एकैदिन ८ हजार २४३ निकाे भएका छन् ।आज निको हुने सहित अहिले सम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमणमु’क्त भएका छन् ।त्यस्तै आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ ।जसमध्ये भने ७ हजार ७९९ जनाको मृ’त्यु भएको छ ।

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६८ जना संक्रमितको ज्यान गएको छ । उता डोटीको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक को’रोना संक्रमणले प्रभावित भएका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँका ८५ जनाको को’रोना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा को’रोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *