दिल्लीमा को’रोना संक्रमण घट्यो, लकडाउन खु’कुलो पारिँदै

समाचार

नयाँ दिल्ली । दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृ’त्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक को-भि’ड–१९ सङ्क्रमण दरमा गि’रावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ नि’कट अधिकारीहरूले शनिबार बताएका छन् । यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

सम्मेलनमा आगामी दिनमा को-भि’ड–१९ सङ्क्रमणका कारण ब’न्द बजारलाई केही खुकुलो पार्ने र को’रोनाभाइरसको तेस्रो लहरलाई सा’मना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा ना’गरिकलाई निर्देशन दिने बताइएको छ ।दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि ल’कडाउन आदेश जारी गरेको थियो ।

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि को-भि’ड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *