चिनी राखौ ! यिनै हुन् निषेधाज्ञामा सरकारी गाडीमा युवतीसँग डेटिङ जाने सरकारी आयोजना प्रमुख रोशन श्रेष्ठ !

प्रमुख समाचार


काठमाडौँ । निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डे’टिङमा जाने नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशकलाई कारवाहीका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई का’रबाहीका लागि पत्र पठाएको हो ।आइतबार निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डे’टिङमा लि’प्त’ तस्बिर र भिडियो सार्वजनिक भएको काण्डमा सरकारी आयोजनाकै प्रमुख रोशन श्रेष्ठ मु’छिएका थिए।

को’रोना महामारीका कारण राजधानीलगायत देशका अधिकांश जिल्लामा नि’षेधाज्ञा जारी रहेको बेला प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी अं’कमाल गरेका तस्बिर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै क’रारमा कार्यरत इन्जिनियर हुन् ।

सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मो’जमस्तीमा लि’प्त देखेपछि उनले तस्बिर तथा भिडियो कै’द गरेर सामाजिक सन्जालमा हा’लेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *