थानकोट मुनी नागढुङाको रहस्यमय घर, काठमाडौंको महल त्यागेर भिरमा बनाए २ करोडको घर ( हेर्नुस भिडियो )

भिडियो

काठमाडौबाट बाहिर निस्किदा होस या काठमाडौं भित्रीदा होस, थानकोट बाट एक टर्निङ्ग तल देखिन्छ एउटा रहस्यमय र अनौठो घर । धेरैलाई यो घर देखेपछि लाग्छ यो घर कसले र किन बनायो । घरको गेटमा लेखिएको छ फस्ट काठमाडौं र लास्ट काठमाडौं । भिरालो पाखामा बनेको यो घरभित्र जंगल छ भित्र नै पोखरीहरु रहेका छन ।

यो घर साच्चैनै भन्नुपर्दा रहस्यमय देखिन्छ । सुनसान देखिने यो घरमा प्राय कसैले पनि यो घरको ढोका खोलेर भित्र पस्ने हिम्मत सम्म पनि गर्दो रहेनछ । कतिले त यो घरलाई भुतघर पनि भनेर बोलाउदा रहेछन । झण्डै यो घर घुम्न आधा देखि एक घन्टा समय छुट्टयाउनु पर्छ । कतै भगवानका मुर्ती त कतै पुराना चित्रहरु राखिएका छन ।

आखिर यो घर कसले र किन बनायो..?, घरजाँदा होस या काठमाडौं भित्रीदा धेरैलाई कौतुहलता लाग्न सक्छ । हामी पुग्दा सुनसान रहेको यो घरमा हामिले गेट खोलेर भित्र पस्ने हिम्मत गर्यौं । बिस्तारै माथी उक्लिदै गयौं तर मानिसको चहलपहल कतै पनि थिएन । झण्डै ५/१० मिनेट माथी पुगिसकेपछी एक जना ब्यक्ति भेटिए ।

उमेरले झण्डै ६० पुग्न लागिसकेका यी ब्यक्ति यो घरका मालिक रहेछन । हामिले उनिसँग कुराकानी गर्न खोजेउँ र उनी बोल्न पनि राजी भए । आखिर किन बनाए त यो घर ?

हेर्नुस् पूरा भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *