मलेसियाका नाइट क्लबमा नेपाली युवतीको कथा, ‘अब त बानी पँरे, चार वर्ष भयो पैसा राम्रै छ’

Rochak


हरेक नागरिक-लाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडि`रहेका छन्। सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन्। भविष्यमा जीवन-लाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्‍न बाध्य छन् लाखौं नेपाली युवा-युवती।

सबै-भन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न भाषा परीक्षा पास गर्नुपर्छ, न त कुनै शैक्षिक योग्यता चाहिन्छ। मले-सिया भूमिका श्रमिकका रूपमा खटिएका नेपालीको कथा कहाली-लाग्दो छ।

त्यसमा पनि नेपाली युव`तीको कहानी झनै दर्द-नाक छ। मलेसिया, डान्स बार अनि नेपाली युवती। यी तीनै शब्‍द एक्कासि छुट्टा-छुट्टै सुन्दा आम-मानिसको दिमागमा विछट्टै पीडा-दायी चित्र बन्छ। तर मले-सियाको डान्स-बार रोज्‍नु उनी-हरुको बाध्यता हो। नेपालको राजनीतिक खिचातानी, हुने-खानेहरुको रजगजमा रमाएका केही थान मानिस-भन्दा पर बस्‍ने नेपाली हुन् मलेसिया पलायन हुने। जसले बाध्यता-लाई आफ्नो भाग्य ठानेका छन्।

न त हातमा सीप छ, न नेपालमा कुनै रोज-गारी, न त पढ्‍न-सक्‍ने आर्थिक हैसियत, न पढाउन सक्‍ने परिवारको स्थिति। दुई छाक जोहो गर्न दश ठाउँ चहार्नुपर्ने, बिरामी-मात्र हुँदा मृ`त्यु शय्या खोज्‍नु`पर्ने बाध्यता, बासको ठेगान छैन, कपासको कुरै छोडौं, वर्षमा एकजोर झुत्रो पनि गार्हो पर्ने स्थिति पार लगाउन मलेसिया`लगायतका खाडी देशलाई गन्तव्य ठान्छन् धेरै युवा पुस्ता। यस्तै र यस्तै कयौं समस्या`लाई पार लगाउन विभिन्‍न बाटो हुँदै मलेसियाका डान्स`बारमा पुगेका नेपाली युवतीको बिडम्वना`पूर्ण व्यथा यहाँ प्रस्तुत गरिएको छ।

मलेसियाको राज`धानी क्‍वालालम्पुर, धुम्म परेको आकाश, चारैतिर सूर्य ल्याएर टाँसेझैं देखिने चकमन्‍न उज्यालो अनि त्यही उज्यालो`भित्रको अँध्यारो कथा पछ्याउँदै हामी बुतिक बिन्तंग क्षेत्र`तिर लाग्यौं। जहाँ धेरै डान्स बार र त्यही डान्स बारमा नेपाली युवती छन् भन्‍ने सूचना हामी|लाई थियो।

म एक गाँस भात निलेर सुत्‍ने बेलामा क्‍वालाम्पुरको कोला`हल छिचोल्दै बुतिक बिन्तंगमा रहेको एक डान्स`भित्रे छिरें। आँखामा रंगबिरंगी लाइट परे र एकछिन रुमल्लिएँ। थोरै सम्हाल्दै त्यहाँको दृश्य हेरें।

केही थान सुन्दरी स्टेजमा सुडोल नि`तम्ब र पोटिला छा`ती हल्लाएर नाचिरहेका थिए। ग्राहक सोफामा बसेर आँखा झिम्क्याइ`रहेका थिए, इशारा गरिरहेका थिए। चुरो`टको धुवाँ, म`दिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवा`नी उत्खनन् गर्न उद्यत थिए त्यहाँ देखिने वि`षालु आँखाहरु।

तर, ती सुन्दरीको सपना भने बिल्कुल फरक छ। नेपालको विकट गाउँ`बाट करोडौं सपना बोकेर खाडीका डान्स`बारमा पुगेका युवतीहरुले पाएको पैसाले भाइको पढाइको शुल्क तिर्नु छ, आमाको फरिया फेर्नु छ, बाबुको च्यातिएको टोपी फेर्नुछ अनि र फेर्नुछ वर्षौंदेखि उद्रिएको आफ्नै भाग्य र जीवन भोगाइ।

तीनै डान्सबारमा नाच्‍ने नेपाली युवतीमध्ये एक हुन्, सरिता (नाम परिवर्तन)। उनले ठेगाना नखु`लाइदिन आग्रह गरिन्। उनी निकै निराश र थोरै मुस्कान`सहित मेरो सामु बसिन्। मैले सोधें, ‘कसरी यहाँ आइ-पुग्‍नुभयो?’

उनले सुरु गरिन्- म गरिब परिवारमा जन्मिएँ। बुबाले जसो-तसो म, भाइ र बहिनी अनि आमाको हेरचाह र दैनिकी जोहो गर्नुहुन्थ्यो। जीविका चलाउन निकै कठिन थियो। भाग्यले पनि गरिब-लाई मात्र दुःख दिन्छ। (उनी थोरै सुस्ताइन्) अभागी कर्म भन्नु कि खै के भन्‍ने दिदी? हामी सानै हुँदा बुबा अरुको खेतमा काम गर्ने क्रममा क’रेन्ट लागेर बित्‍नु`भयो। त्यो कालो दिनदेखि जिन्दगीमा अन्ध`कार छायो। बुबाबिनाको जिन्दगी कस्तो हुन्छ?

उनले आँखाभरि आँ`सु पारिन्। म पनि निकै भावु€क भएँ। अनि यसरी निराश हुनु हुँदैन भनेर ढाडस दिएँ। केही बेर सन्‍नाटा छायो। एका`तिर केही हुल मानिस डान्स`बारको संगीतमा रंगीन रातको स्वाद लिइरहेका थिए भने म सरिताको दुःख र पराइ भूमिको डान्स|बारमा नाच्‍न बाध्य नेपाली चेलीको भोगा`इ खोतल्दै थिएँ।

उनले आँ`सु पुछ्दै भनिन्, बुबा बितेपछि आमा अर्काको घरमा काम गर्न जानुहुन्थ्यो। त्यही क्रममा आमा-लाई कसैले काठमाडौंमा उनको आफन्तको घरमा काम गर्ने मान्छे चाहि-एको छ भनेर सुनाइ-दिएछ। आमाले आएर मलाई सुनाउनु-भयो। घरको जेठो सन्तान, परिवारको जिम्म-वारी अनि भाइ-बहिनीलाई पढाउनुपर्ने।

सबै कुरा सम्झिएँ अनि काठ-माडौं अर्काको घरमा काम गर्न जान राजी भएँ। त्यतिबेला म १२ वर्षकी मात्र थिएँ। घरबाट कहिल्यै बाहिर ननिस्किएको म। बुबा गुमाएको पीडा एकातिर थियो भने अर्को-तिर साना भाइ+बहिनी अनि आमा-सँग छुट्टिनु-पर्ने। त्यो दिन सम्झिँदा अहिले पनि…. उनी फेरि निःशब्द भइन्। आँखा रसा`एर आए।

भनिन्, अरुको घरमा काम गर्न बसेँ, त्यो घरको अंकल-आन्टीले स्कुल पनि पढाइदिनुभयो। परिवार निकै राम्रो थियो। आफ्नै परिवारजस्तो लाग्थ्यो। बिहान स्कुल जान्थें। दिउँसो स्कुलबाट आएर घरको काम गर्थें। यसरी एसएलसी पास गरें। प्लस टु पनि सकाएँ। जुन घरमा काम गर्न बसेको थिएँ त्यहाँका अंकल–आन्टीले पढाइमा निकै सहयोग गर्नुभयो।

तर, मैले मात्र पढेर भएन। मसँगै भाइ`बहिनीको पनि भविष्य छ भन्‍ने सोचें। म बिए दोस्रो वर्षमा पढि`रहेकी थिएँ। पढाइ बीचमा राखेर अंकलसँग कुरा गरेर गाउँ फर्किने निर्णय गरे। उहाँ`हरुले पढाइ सकेर जान सल्लाह दिनुभयो। तर, मेरो बाध्यता थियो अनि मरो करमा उहाँहरुले घर जान अनु`मति दिनुभयो। म गाउँ फर्किएँ।

गाउँमा दुःख र सम`स्या उही र उस्तै थिए। घर कसरी धान्‍ने? भाइ`बिहिनी कसरी पढाउने भन्‍ने थियो। केही समय गाउँकै स्कुलमा पनि पढाएँ। तलब आठ हजार रुपैयाँ थियो। त्यसले घर अनि भाइ`बहिनीको पढाइले पुगेन। त्यसपछि मसँगैको साथी विदेश जाँदैछ भन्‍ने थाहा पाएँ।

म उनलाई भेट्न गएँ। जाने भए म कुरा गरिदिन्छु भनेर भनिन्। मैले पनि गाउँको जागिरको तलब र घरको दुःख सम्झेर हुन्छ भनेँ। मलाई पठाउन एजेन्ट भेटाइदियो र एक महिनाको तलब पचास हजार भन्‍ने कुरा गर्यो। पासपोर्ट बनाएँ र एजेन्टलाई दिएँ। सबै उसैले मिलायो र म दुबई गएँ।

पहिले घर छोडेर काठमाडौं आएकी थिएँ। त्यहाँ परिवारसँगै बसेको महसुस भएको थियो। त्यसपछि देश छोडें। सारै नरमाइलो लाग्यो। अनि सम्झिन्थे– घरको दुःख र मन बुझाउँथे। मैले त सोचकी थिएँ काम सजिलै हुन्छ होला। तर मैले सोचेभन्दा निकै फरक रहेछ काम। म पहिलो दिन कामको विषयमा बताएपछि त छाँगा`बाट खसेजस्तै भएँ। दुबईका गगन`चुम्बी महलजस्तै सपना बोकेर आएकी म उनीहरुले भनेको काम गर्नु|बाहेकको विकल्प मसँग थिएन। त्यो बेला १९ वर्षकी थिएँ।

सारा दुख बिर्सेर सुखमा रमाउने सपना थियो मेरो। तर, आफ्नै सपनाले आफैंलाई थिचे|जस्तो महसुस भयो। एकदम नै नौलो संसारमा आइपुगेजस्तो लाग्यो। मेकअप र डान्स गर्लको ड्रेस|अप गरेर स्टेजमा उभिँदा निकै न`रमाइलो लाग्यो। म निकै आत्तिएँ।

हलमा बसेका पुरुष आँखाले मलाई चिथोरै`जस्तै महसुस भयो। यो कस्तो ठाउँमा आइएछ भनेर रुन मन लाग्यो। फेरि कर्मनै यस्तै रहेछ भनेर मन बुझाएँ। दुःख सम्झेर यो लाइनमा रम्‍न थालेँ। हरेक रात मेक`अपले आफ्नो दुःख छोपेर अरूलाई प्रफुल्लित पार्नु हाम्रो बाध्यता हो।

मैले करिब एक वर्षजति काम गरे। एक ठाउँ दुबईमा छ, महिनादेखि एक वर्षसम्म काम गर्न पाइन्छ। अफ्रिकाका डान्स`बारमा पनि ६ महिना काम गरेकी छु। मले`सियामा पनि एक डान्स`बारमा एकपटक तीन महिनाजति काम गर्न पाइन्छ।

समाजमा डान्सबारमा नाच्‍ने केटी भन्‍ने`बित्तिकै नराम्रो दृष्टिकोणले हेर्छन्। धेरै जोगिनुपर्छ यो पेसामा। तर, यो ठाउँमा कसरी काम गर्ने हो भने (त्यो डान्सबारमा काम गर्ने केटीमा भर पर्छ कि उसले कसरी काम गर्न चाहन्छे)।

मैले अहिलेसम्म आफ्नो कला बेचेको छु, शरि`र बेचेको छैन। धेरै मजस्तै हुनुहुन्छ। कतिले त मजस्तै धेरै यो पेसामा छु भनेर खुल्न मान्दैनन्। पत्रकारको त झन् नजिक पनि जाँदैनन्।

यसरी काम गर्न थालेको चार वर्ष जति भयो। पैसा राम्रै छ। जिन्दगी ठिकठाकै चलिरहेको छ। अनि भाइ`बहिनीको पढाइ धानेकी छु। अहिले दुवैजना काठमाडौंमा पढ्दैछन्। घरको छानो फेरेकी छु, आमाको फरिया फेरेकी छु। सबैजना चाडबाडमा अरु`जस्तै गरी रमाइलो गरी मनाउँछन्। खुसी लाग्छ। समाजले जे सोचे पनि मलाई केही फरक पर्दैन। दुःख पर्दा एकछाक खान नदिने यो समाजको के कुरा गर्नु, दिदी ?

स`मस्या त गरिबी हो। जसले यो लाइनमा आउन बाध्य पार्‍यो। स`मस्या त हरेक काम गर्दा सम`स्या हुन्छ। यहाँ त झन् नहुने कुरै भएन। तर, पनि समस्यासँग जुधेर अघि बढ्नुपर्छ भन्‍ने लाग्छ। सानैदेखि दुःख सहने बानी परेर होला, अहिले त केही दुःखजस्तै लाग्दैन। कुनै ठाउँमा डान्सबारका मालिक राम्रा हुन्छन् तर कुनै ठाउँमा त गधा`जस्तै गरी काम गराउँछ। धेरै सम|स्या झेलियो दिदी। कुन डान्स|बारमा जाने हो त्यो डान्सबार बारेमा बुझेर जाँदा अलि सजिलो हुन्छ।

जिन्दगी भने`जस्तो त कहाँ हुन्छ र दिदी ? हामी`लाई पनि घरमै बसेर आफन्त साथिभाइसँग रमाइलो गर्ने मन हुन्छ। तर, के गर्नु नियतिले यस्तै बनायो। नेपाली`हरुलाई भेट्‍दा परिवारको सदस्य भेटे|जस्तै खुसी लाग्छ। तपाईं आउनुभयो, मनको भारी बिसाउन पाएँ। मन हलुँगो भयो। उनीजस्ता त्यस डान्सबारमा काम गर्ने तीन जना नेपाली र अन्य भारतीय युवतीहरु भएको पनि उनले जानकारी दिइन्। – नेपाल समय डट कममा केहि समय अघि पोस्ट भएको यो संघर्षको कथालाई प्रस्तुत गरिएको हो । ( तस्बिर – साङ्केतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *