यामाहा एफजेड २५ को मूल्य १९ हजार भारुले घट्यो

Rochak


काठमाडौं । भारतीय अटो मेकरहरुले मोटरसाइकलको मूल्य लगातार वृद्धि गरिरहेको बेला यामाहाले भने दुई मोडलको मूल्य घटाएको छ । यामाहाले क्वाटर लिटर मोटरसाइकलको मूल्य घटाएको हो ।

कम्पनीले यामाहा एफजेड २५ र एफजेडएस २५ को मूल्य घटाएको हो । एफजेडएस २५ को मूल्यमा १८ हजार ८०० रुपैयाँ र एफजेडएसमा १९ हजार ३०० रुपैयाँ घटाएको छ ।

यामाहा एफजेड २५ को मूल्य १ लाख ३४ हजार ८०० रुपैयाँ तोकिएको छ भने एफजेडएस २५ को मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ । यससँगै यामाहाको क्वाटर लिटर मोटरसाइकल अब यामाहा आर १५ भी ३ र एमटी १५ भन्दा कम मूल्यमा आउने भएको छ । हाल भारतीय बजारमा आर १५ भी ३ को मूल्य १ लाख ५२ हजारदेखि १ लाख ५४ हजार र एमटी १५ को मूल्य १ लाख ४९ हजारदेखि १ लाख ४१ हजार भारतीय रुपैयाँ रहेको छ ।

यामाहा एफजेड २५मा २४९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले २०।८ पीएस पावर तथा २०।१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

नेपाली बजारमा यामाहा एफजेड २५ उपलब्ध रहेको छ भने एफजेडएफ २५ हालसम्म सार्वजनिक भएको छैन् । एफजेड २५ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *