“बुबा र मलाई घेर्ने एउटा सर्कल थियो जसले हामीलाई आफ्नो कुरा राख्नबाट बन्चित गरायो,”पारस शाह(भिडियो हेर्नुहोस्)

समाचार

पूर्व युवराज पारस शाहको एउटा दुर्लभ अन्तर्वार्ता केही समय अगाडि सगरमाथा टेलिभिजनमा रेकर्ड गरिएको थियो। युवराज पारस शाहले भनेका थिए,”बुबालाई र मलाई घेर्ने एउटा सर्कल थियो जसले हामीद्वारा ल्याउन खोजेको र जनता सामु लैजान खोजिएको जनमुखी कार्यक्रम लैजान बाट जहिले बन्चित गरायो।हाम्रो अगाडि एउटा कुरा गरेर आज्ञाकारी भएजस्तो देखाइए पनि फिल्टर भएर जाँदा अर्कै म्यासेज पुर्‍याउने गर्दो रहेछ,अर्थात त्यो बेलामा त्यो सर्कल तोडिन सकेन।”

जुनबेलामा तपाईंहरूले एउटा शासन व्यवस्था लिनुभएको थियो त्यो बेला मुलुक एउटा गम्भीर गृ’हयु’द्धको चपेटामा फ’से को थियो,दलहरू तपाईंहरूको विरुद्धमा थिए र तपाईंहरूले विषम परिस्थितिमा संचालन गरिरहेको स्थिति थियो,त्यो बेला कुनै त्यस्तो वैदेशिक शक्ति थियो जसले तपाईंहरूलाई थ्रेट गरिरहेको अवस्था थियो भनेर प्रश्न गर्दा जवाफमा उनी भन्छन्,”शुभचिन्तकहरूले सजग गराएको स्थिति थियो तर हामीलाई घेर्ने जुन सर्कल थियो,उनीहरूको कुरा बढी सुनिन्थ्यो,भएको त्यही हो।”

त्यसपछिको अवस्थामा विचार विमर्श भयो कि भएन भनेर प्रश्न गर्दा उनी भन्छन्,”हाम्रो कुराकानी प्रत्येक दिन हुने गर्दथ्यो तर त्यो सर्कलबाट हाम्रो इन्फर्मेसन डिस्सेमिनेट नै हुँदैन थियो किनभने विदेशी शक्तिहरूले त्यही सर्कललाई ह्याण्डल गरिसकेको थियो। २४० वर्ष इतिहास बोकेको राजसंस्थालाई बिदा हुनुमा त्यही एउटा शक्ति उपयोग भयो जुन शक्ति राजसंस्थासँग पनि नजिक रह्यो र बाह्य तथा विरोधी शक्तिसँग पनि नजिक थियो र त्यो नै राजसंस्था बहिर्गमनको कारक तत्त्व हुन पुग्यो भन्ने कुरा पारस शाहले बताएका छन्।

अन्तर्वार्ताका क्रममा राजसंस्थाको विषय तत्काल अन्तरिम विषय बनेको र यो विषय पूर्ण रुपमा संविधान निर्माण पश्चात् मात्रै निर्णायक बन्ने र अहिले राजसंस्था र सदाका लागि अन्त्य नभएर निलम्बन जस्तो अवस्थामा भएको उनले बताएका थिए।अहिले पनि आम जनताहरू राज संस्थाकै पक्षमा रहेको पाइन्छ।पारसले पूर्णरूपमा नेपाल छोडेर सिङ्गापुर गइसकेर पनि नेपाल आउने क्रममा मानिस हरूको राजसंस्थाप्रतिको झुकाव देखेर आफूलाई निकै प्रभावित बनाएको र जनताको आस्थाकै कारणले आफूलाई नेपाल छोड्न मन नलागेको उनले प्रतिक्रिया दिएका छन्।

राजसंस्थाले जहिले पनि गर्ने भनेको देशको लागि नै हो र यो संस्था देशको लागि चाहिन्छ भन्ने धारणा रहेको पनि उनले व्यक्त गरेका छन्।अन्तिम समयमा के सोचेर चाहिँ आम नागरिक सरह जिउने भन्ने निर्णयमा पुग्नुभयो भनेर सोध्दा उनी भन्छन्,र’क्तपा’त नहोस् भन्नका लागि त्यो निर्णय लिन पुगिएको थियो यद्यपि म निकै युवा अवस्थामा भएको कारण बुबासँग अलिक फरक धारणा समेत राख्दै आएको पनि थिएँ। कृपया यसै विषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद! भिडियो भाग (१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *